टिम टिभीको भवन शिलान्यास
हेटौँडा,७माघ/मकवानपुरमा रहेको एकमात्र टेलिभिजन, टिम टेलिजिनको आफ्नै भवन निर्माण हुने भएको छ ।
सामुदायिक भिजन प्रालिद्धारा सञ्चालित टिम टेलीभिजनले हेटौंडा(१ चौकीटोलमा भवन निर्माण सुरु गर्न लागेको हो । साम्ुदायिक भिजनका अध्यक्ष धु्रवप्रसाद पराजुलीले बिहीबार भवनको शिलान्यास गरेका हुन् ।
केबल प्रविधि मार्फत जिल्लामा सेवा दिइरहेको टिम टेलिभिजनले आफ्नो प्रसारणलाई देशव्यापी बनाउने उद्धेश्य स्वरुप भवन निर्माणको थालनी गरेको जानकारी दिइएको छ । टेलिभिजनले बिगत दुई महिनादेखि आफ्नो डिजीटल प्रविधि परीक्षण प्रसारण गरिरहेको र डिजिटल सञ्चालनको लागि स्थान अपर्याप्त रहेको अवस्थामा आफ्नै भबन निर्माण थालिएको प्रालिका अध्यक्ष पराजुलीले बताए ।
टेलिभिजनको घर निर्माणसंगै आगामी बैशाख महिनादेखि पूर्ण रुपमा डिजीटल प्रविधि अनुसार देशभर प्रसारण हुने समेत अध्यक्ष पराजुलीले जानकारी दिए । कार्यक्रममा मकवानपुर सामुदायिक भिजन प्रालिका व्यवस्थापक तथा टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा, टेलिभिजनका उपाध्यक्ष अशोककुमार डङ्गोल, प्रबन्धक भीमसेन महत, प्राविधिक प्रमुख श्यामबहादुर राईलगायतको उपस्थिती रहेको थियो ।
