विवादित सिडिओलाई सम्मान, माले मकवानपुरले कार्यक्रम बहिष्कार गर्ने
हेटौँडा,८माघ/मकवानपुर उद्योग वाणिज्य संघको ४९ औं बार्षिक साधारणसभा आज शनिबार हेटौंडामा हुदैछ ।
आफू अध्यक्ष भएको एक बर्ष बित्न लाग्दा समेत पदाधिकारी चयन गर्न नसकेका राजकुमार न्यौपानेले आफू नजिकका व्यक्ति तथा संस्थालाई स्वागत र सम्मान कार्यक्रम अध्यक्ष भएदेखि नै गर्दै आएका हुन् । भारतले गरेको नाकाबन्दीको समयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियासंग ‘सा“ढगा“ढ’ गरी आफू निकटका व्यक्तिहरुलाई मात्र इन्धन तथा ग्यास वितरण गरेको आरोप लागिरहेको अवस्थामा आज उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेको व्यक्तिगत पहल तथा ‘इन्टे«ष्ट’ मा प्रमुख जिल्ला अधिकारीलाई सम्मान गरि“दैछ ।
संघका एक पदाधिकारीले दिएको जानकारी अनुसार मकवानपुरमा रही प्रमुख जिल्ला अधिकारीको रुपमा उत्कृष्ठ काम गरेको भन्दै प्रजिअ थपलियालाई कार्यक्रमका प्रमुख अतिथि एकीकृत नेकपा माओवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मानपत्र प्रदान गरिने कार्यक्रम रहेको छ । माओवादीकै गृहमन्त्री रहेको अवस्थामा मकवानपुरका राजनीतिक दलका नेताहरुले. समेत प्रमुख जिल्ला अधिकारी थपलियाको कार्यशैली मन पराएका छैनन् । माओवादीका जिल्ला नेताहरुले गृहमन्त्री मार्फत प्रमुख जिल्ला अधिकारीलाई सरुवा गर्न ताकेता समेत गरिरहेको अवस्थामा प्रचण्डबाटै प्रजिअ थपलियालाई सम्मान गराउनुको पछाडी न्यौपाने र थपलियाबीचको ‘सेटिङ’ ले माओवादी मकवानपुरका नेताहरुलाई दरिलो झापड हान्ने प्रयत्न भएको संघ सम्बद्ध पदाधिकारी तथा अन्य राजनीतिक दलका नेताहरुको भनाई छ ।
‘तेल र ग्यास फकाउनका लागि सिडिओलाई सम्मान गर्न लागिएको होला । उत्कृष्ठ प्रमुख जिल्ला अधिकारीको रुपमा सम्मान गर्न लागिएको रे’, मउवा संघका एक पदाधिकारीले भने, ‘यिनका रगरगी कति दिनसम्म चल्ने रहेछ हेर्न बा“की छ । कृष्णहरि पुष्कर, एकनारायण अर्याल जस्ता स्वच्छ छवि भएका प्रमुख जिल्ला अधिकारीलाई सम्मान नगर्ने हाम्रो संघले अहिलेको सिडिओलाई सम्मान गर्ने अरे ।’ बहुमत पदाधिकारीले विवादित अवस्थामा रहेका थपलियालाई सम्मान गर्न नहुने भन्दै सम्मानको बिरोध गरेपनि अध्यक्ष न्यौपानेले एकलौटी रुपमा ‘अध्यक्षले भनेसी भन्यो’ भन्दै सम्मानको निर्णय पास गराएको संघका एक सदस्यले बताए । यसैबीच नेकपा माले मकवानपुरले आज हुने मकवानपुर उद्योग वाणिज्य संघको ४९ औं बार्षिक साधारणसभा बहिष्कार गर्ने भएको छ । विवादित प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियालाई सम्मान गर्ने कार्यक्रम तय भएकोले बहिष्कार गर्ने निर्णय गरेको माले मकवानपुरका सचिव भीमसेन महतले जानकारी दिए ।
‘भूकम्पको राहत वितरण प्रक्रियादेखि नाकाबन्दीको समयमा तेल र ग्यास वितरणसम्म विवादै विवादमा परेका व्यक्तिलाई सम्मान गर्न लागिएको भन्ने संघका महासचिव महेन्द्र राउतबाट जानकारी पाएको छु’, नेता महतले भने, ‘उ (सिडिओ) नेपाल सरकारको कर्मचारी हो । राम्रो गर्नुपर्ने उसको दायित्व नै हो, राम्रो ग¥यो भनेर सम्मान गरिरहनु आवश्यक नै छैन । ‘विवादित व्यक्तित्व’लाई सम्मान गर्न लागिएको कार्यक्रमलाई माले मकवानपुरले बहिष्कार गर्ने निर्णय गरेको छ ।’
पछिल्ला समय आमसञ्चार माध्यममा समेत प्रमुख जिल्ला अधिकारीको विवादको बिषयमा दिनहु“जसो समाचार आइरहेको भन्दै उनले यस्ता विवादित व्यक्तिलाई सम्मान गर्ने निर्णय गरेर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र उनले नेतृत्व गरेको सिङ्गो संस्थालाई नै विवादमा ल्याउने काम भएको महतको तर्क छ ।
‘प्रमुख जिल्ला अधिकारी नेपाल सरकारको कर्मचारी हो, तलव खाएकै छ सम्मान र पुरस्कार आवश्यक छैन’, महतले भने, ‘सम्मानको नाटक किन गर्न खोजिदैछ ? रहस्य गम्भिर रहेको मैले बुझेको छु । विवादित व्यक्तिलाई सम्मान गर्छ भने नेकपा माले त्यस कार्यक्रममा सहभागी हु“दैन ।’
