Header Ads


‘धरान चतरामा ऐतिहासिक बजेट पर्नेछ’

हेटौँडा,८माघ/सांसद ईन्द्रबहादुर बानिया“ले हेटौंडाको पूर्वि क्षेत्रको विकासका लागि धरान–चतरा मार्गमा ऐतिहासिक बजेट विनियोजन गराउने प्रतिवद्धता जनाएका छन् । 
शुक्रबार राईगाउ“मा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले धरान–चतरा मार्गलाई राष्ट्रिय प्राथमिकतामा पारेर ऐतिहासिक बजेट ल्याउने बताए । बर्षौदेखि ओझेलमा परेको कान्तिलोकपथमा एकसय ६० करोड रूपैया“ बजेट विनियोजन गराउन सफल भएको बताउ“दै उनले कान्तिलोकपथको कामले अहिले गति लिएको दावी गरे । 
सांसद् बानिया“ले धरान–चतरामा पनि दुई बर्षभित्र बाह्रै महिना सवारी गुड्ने अवस्था सिर्जना गर्न चार अर्ब रूपैया“ बजेट विनियोजन भईसकेको बताए । उनले सडकको कामलाई गति दिन हेटौंडासंगै बर्दिवास वा गाईघाटमा कार्यालय विस्तार हुने बताए । 
नेपाली का“ग्रेसका पुराना नेता अर्थमान पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा का“ग्रेस जिल्ला सदस्य कृष्ण सञ्जेल, कृष्णप्रसाद दाहाल, धर्म लामिछाने, क्षेत्रीय सभापति दामोदर खनाल, सचिव अर्जुन दाहाल, सदस्य खेलप्रसाद पौडेल, गाउ“ सभापति उपेन्द्र राई, स्थानीय नेता शेरबहादुर लामा, जगत लामा, लक्ष्मी 
राईलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा स्थानीयले राईगाउ“ क्षेत्रमा गर्नुपर्ने विकासको कामका बारेमा सांसद बानिया“लाई जानकारी गराएका थिए । 
Powered by Blogger.