Header Ads


जनता उच्च माविको शौचालय प्रयोगविहीन

हेटौँडा,६माघ/मकवानपुरको पुर्वी गाविस फापरबारीमा रहेको एकमात्र उच्च मावि जनता उच्च माविको शौचालय प्रयोगविहिन अवस्थामा रहेको छ । 
पानीको अभावका कारण विद्यालयको शौचालय फोहोर एवम् प्रयोगविहीन अवस्थामा रहेको हो । स्थानीयले दिएको जानकारी अनुसार विद्यालयमा चारवटा शौचालय भएपनि सरसफाईको लागि पानीको अभाव 
रहेको छ । ‘धारा र ट्याङकी त छ तर पानी छैन’, विद्यालयको अवस्थाको बिषयमा जानकारी गराउ“दै एक स्थानीयले भने, ‘यसबाट विद्यार्थीहरु प्रत्यक्ष समस्यामा रहेका छन् ।’ 
पिसाव गर्नका लागि केही विद्यार्थी फोहोर अवस्थामा रहेको शौचालयमा जाने गरेको भएपनि प्राय विद्यार्थीहरु विद्यालयकै भित्ता र वरपरको झाडीमा जानुपर्ने अवस्था रहेको छ । धारामा पानी ल्याउने व्यवस्था गर्न बिद्यालयले चासो नदेखाएको स्थानीयको भनाई छ । ‘केटाहरुलाई त जहा“ गएर दिशापिसाव गरेपनि सजिलै होला तर केटीहरुलाई धेरै समस्या पर्ने गरेको छ’, उनले भने, ‘विद्यालयको लापरबाही अनि हेलचक्र्याईंका कारण शौचालयको दुरावस्था भएको हो ।’ 
यस बिषयमा जिज्ञासा राख्दा विद्यालयका प्राचार्य अशोककुमार यादवले शौचालयको समस्या नभै पानीको समस्या भएको बताए । ‘ट्वाइलेट छ तर पानी छैन । धारा अलि टाढा रहेको छ । पानी प्रशस्त नभएकोले ट्याङ्कीमा पानी आउ“दैन यस कारण समस्या भैरहेको हो’, आर्थिक समस्याका कारण पानी ल्याउन सकिएको छैन । कुलोको पानी ल्याएर ट्वाइलेटमा प्रयोग गरिरहेको अवस्था छ ।’ यस बर्ष फापरबारी गाविस कार्यालयले विद्यालयको लागि एकलाख ७५ हजार रुपैंया छुट्याएको जानकारी दि“दै यादवले उक्त रकम सरसफाई एवम् पानीको लागि प्रयोग गरिने जानकारी दिए । विद्यालयको लागि शिक्षा कार्यालयले दिएको तीनओटा कम्प्यूटर समेत प्रयोगमा नआएको स्थानीय बताउ“छन् । 
तर यस बिषयमा प्राचार्य यादवले कक्षा आठदेखि १० सम्म कम्प्यूटर शिक्षा पढाई भैरहेकोले तीनवटै कम्प्यूटर प्रयोगमा रहेको जानकारी दिए । जनता उच्च माविमा एकहजार एकसय ५० जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।
Powered by Blogger.