आगलागीले घर ध्वस्त
हेटौँडा,६माघ/हेटौंडा–१७ रातोमाटेमा रहेको सुरेन्द्र लामाको घरमा आगलागी भएको छ ।
बुधबार बिहान १० :२० बजेको समयमा करेण्ट सर्ट भएर आगलागी हु“दा उनको घर पूर्ण रुपमा जलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिशु शर्माका अनुसार ढुङ्गा र काठले बनेको जस्ता र टायलले छाएको लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । करेण्ट सर्ट भएर आगलागी भएको र मानवीय क्षती भने नभएको उनले जानकारी दिए । १२ ः २० हेटौंडा उपमहानगरपालिकाको वारुण यन्त्र र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
