Header Ads


फेसबुकबाट रकम संकलन गरी एम्बुलेन्स खरिद

हेटौँडा,६माघ/मकवानपुरको आग्रा र गोगनेका युवाहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् । 
एम्बुलेन्सका लागि रकम संकलन गर्न शुभराज गोलेको संयोजकत्वमा गठित समितिले सामाजिक सञ्जालको प्रयोग गरी रकम संकलन अभियान सुरु गरेको थियो । फेसबुकमा चलाइएको ‘आग्रा गोगने डा“डाखर्क फेसबुक अभियान’ मार्फत सातलाख ५० हजार र स्थानीय हिमशिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट दुईलाख सातहजार गरी नौलाख ५७ हजार सहयोग जुटेको थियो । फेसबुकमार्फत सहयोग गर्नेहरुमा अधिकांश विदेशमा रहेका नेपालीहरु छन् । व्यक्तिगत रुपमा सबैभन्दा धेरै रोजगारीको क्रममा लाओसमा रहेकी बिना लामाले १५ हजार रुपै“या सहयोग गरेकी छन् । त्यसैगरी नेपाल–कोरिया सम्पर्क मञ्चले ४० हजार र फरक सोच अभियानले २० हजार रुपैंया सहयोग गरेको छ ।
एम्बुलेन्स अभावमा आग्रा गोगने क्षेत्रका सुत्केरी महिला, वृद्धवृद्धालाई समयमै अस्पताल पु¥याउन नसक्दो ज्यान गुमेपछि युवाहरुले एम्बुलेन्स किन्न अभियान सुरु गरेका थिए । एम्बुलेन्सले मकवानपुरको आग्रा, गोगने, डा“डाखर्क, भार्ता तथा धादिङको किरानचोक र आसपासका बासिन्दालाई सेवा प्रदान गर्ने संयोजक गोलले जानकारी दिए । एम्बुलेन्सको व्यवस्थापन आग्राकै गतिशील आग्रा समाज र हिमशिखर बचत तथा ऋण सहकारी संस्थालिमिटेडले गर्ने भएको छ ।
Powered by Blogger.