Header Ads


‘जेसीज पुनर्निमाणमा सहकार्य गर्न तयार’

हेटौँडा,३माघ/नेपाल जेसीजका अध्यक्ष जगतबहादुर पोखरेलले जेसीज पुर्ननिर्माणको काममा राज्यसंग मिलेर काम गर्न चाहेको बताएका छन् । 
आइतबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा उनले नीति निर्माण तहमा जेसीजलाई पनि सहभागी गराउन अनुरोध गरे । ‘नीति निर्माण तहमा जेसीज संस्था र यसमा लागेका युवाहरुलाई नबुझेको झै“ देखिन्छ’, अध्यक्ष पोखरेलले भने, ‘जेसीज कस्तो संस्था हो भन्ने बिषयमा हामी काम गरेरै देखाउन चाहन्छौ“ ।’ उनले नेपालका राजनीतिक दललाई आन्तरिक रुपमा आफू आफू लडेपनि युवाहरुलाई एक आपसमा नलडाउन अनुरोध गरे । अहिलेको द्वन्द्व र बन्दको अवस्थामा युवाहरु सुतेर बस्न नहुने तर्क गर्दै उनले पुननिर्माण अभियानमा लाग्नको निम्ति एकसय ३८ वटै शाखामा आबद्ध युवाहरुलाई अनुरोध गरे । 
भारतले गरेको नाकाबन्दी र तराई आन्दोलन जारी रहेको अवस्थामा नेपाल जेसीजले धनगढी देखि बिराटनगरसम्म सद्भाव अभियान सञ्चालन गर्ने जानकारी दिए । अभियान माघ २० गतेबाट सञ्चालन हुने बताइएको छ । सन् २०१६ का लागि अध्यक्षमा भएका उनले जेसीजलाई तालिमकोमहाविद्यालयको रुपमा विकास गर्ने लक्ष्य रहेको सुनाए । यस्तै जेसीजलाई मिडियामैत्री बनाउने अध्यक्ष पोखरेलले सुनाए । हेटौंडा जेसीज अध्यक्ष धर्मराज बानिया“को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल जेसीजका निरुपित उपाध्यक्ष अशोक कोइराला, उपाध्यक्ष अञ्जनबाबु खत्रीलगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.