Header Ads


दुर्घटनामा एकको मृत्यु

हेटौँडा,३माघ/मकवानपुरको मनहरी–३ स्थित मनहरी बजारमा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खा“दा एकजनाको मृत्यु भएको छ । 
दिउ“सो करिब सा“ढे ३ बजेको समयमा नारायणबाट हटौंडा तर्फ आउ“दै गरेको लु १७ प ३१६४ नम्बरको मोटरसाइकल र नारायणघाट तर्फ जा“दै गरेको बा ७० प ४१७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खा“दा ४१७२ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मनहरी–३ का २७ बर्षीय गोकुल राउत रहेका छन् । घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारको लागि भरतपुर लगिएकोमा उपचारको क्रममा राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
 ३१६४ नम्बरका मोटरसाइकल चालक कपिलबस्तु पाटन–७ का २१ बर्षीय बालकृष्ण पोखरेलको भने पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।
Powered by Blogger.