Header Ads


ब्रेन ट्यूमर बिरामीलाई सहयोग

हेटौँडा,३माघ/ब्रेन ट्यूमरबाट पीडित भएका आमभञ्ज्याङ–६ का द्रोणबहादुर ढकाललाई ६८ हजार रुपैंया नगद सहयोग भएको छ । 
कोरियामा बस्ने ३४ जना मकवानपुरे मिलेर पठाएको रकम आइतबार उनको घरमै पुगेर सहयोग भएको हो । कोरियाबाट संकलन भएको ६५ हजार, इन्जे कोरियन भाषा तालिम केन्द्रबाट दुईहजार र नवराज तिमल्सिनाले एकहजार रुपै“या गरी ६८ हजार रुपैया“ ढकालको उपचार सहयोगार्थ प्रदान गरिएको हो । 
करिव दुईमहिना देखि न्यूरो अस्पतालमा उपचाररत उनको त्यहा“ अप्रसेन असफल भएपश्चात क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइराखेको उनको श्रीमती चण्डिका ढकालले जानकारी दिइन् । हेटौ“डा–१० मा रहेको इन्जे कोरियन भाषा तालिम केन्द्रका सञ्चालक यदुकुमार विश्वकर्माले पीडितका श्रीमति चण्डिका ढकाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । ढकालको परिवारले दिएको जानकारी अनुसार उनको उपचारमा अहिले सम्म आठलाख रुपैंया खर्च भैसकेको छ । अझै करिब १० लाख रुपैंया खर्च लाग्ने र पारिवारिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको ढकाल श्रीमतिको भनाई छ । ब्रेन ट्युमरका बिरामी ढकालको एकछोरा र एकछोरी रहेका छन् । कृषि पेशामा संलग्न ढकालको आर्थिक स्थित कमजोर भएकोले सहयोग गरी  आफ्नो श्रीमानको जीवन बचाउन चण्डिका ढकालले सबैसंगै अनुरोध गरिन् । सहयोग गर्न इच्छुकले कृषि विकास बैंकको बचत खाता ०५०९३ ००१३५ ६४८०११ (चण्डिका ढकालको खाता) खातामा रकम जम्मा गर्न सक्नेछन् ।
Powered by Blogger.