अन्तराष्ट्रिय फुटबल हुने मैदान सफाइ
हेटोैँडा,३माघ/गत बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट काठमाण्डौ“मा निधन भएका मकवानपुरे खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता स्थल फरेष्ट्रिचौर नेपाली सेनाको नया“ सबुज गण सुपारेटार व्यारेकले सरसफाइ गरेको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा आगामी फागुन १ गतेबाट ८ गतेसम्म प्रतियोगिता हु“दैछ । नया“ सबुज गणका ३९ जना सेनाले मैदान सरसफाइ गरेका हुन् । उनीहरुले आज सोमबार पनि मैदान सरसफाइ गर्ने प्रतियोगिता आयोजक समिति महासचिव सविन न्यौपानेले जानकारी
दिए । न्यौपानेका अनुसार प्रतियोगिता तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । हाल खेल मैदान सम्याउने तथा सरसफाइ कार्य भइरहेको छ । प्रतियोगिताका लागि घरेलु टोली तयार पार्नका लागि आइतबारबाट नियमित प्रशिक्षण समेत सुरु भइसकेको छ । प्रतियोगिताका लागि घरेलु टोली तयार पार्ने जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा) मकवानपुर प्रशिक्षक विजयलाल श्रेष्ठ र पिप्ले युवा क्लबका प्रशिक्षक सुविन घिमिरेलाई प्रदान गरिएको छ । अन्तराष्ट्रिय आमन्त्रण कपको मिति नजिकि“दै जा“दा घरेलु टिमबाट सहभागिता जनाउन इच्छुक खेलाडीहरु नियमित अभ्यासमा व्यस्त रहन थालेका छन् ।
