Header Ads


पोताला क्वाटरफाइनलमा, एफसिटी आउट

हेटौँडा/पोखराको बगरमा जारी रहेको पा“चौ भाइखलक एट ए साइड भेट्रान फुटबल प्रतियोगितामा हेटौंडाको एफसी पोताला क्लब लगातार दोश्रो जित हा“सिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा पोतालाले क्लब मोसिस काठमाडौंलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । एफसी पोताला क्लबका लागि अजय मानन्धर एक्लैले २ गोलको योगदान दिए । मानन्धर नै खेलको म्यान अफ दी म्याच भए । २४ टिमको सहभागिता रहेको प्रतियोगितामा आज सोमबार एफसी पोतालाले लायन्स क्लब अफ मुनालसंग खेल्नेछ । 
यस्तै हेटौंडाबाट प्रतियोगितामा सहभागिता जनाएको चौघडा फुटबल टीम भने प्रतियोगिताबाट ‘आउट’ भएको छ । चौघडा फुटबल टीम आइतबारको खेलमा डिप युनाइटेडस“ग सडन डेथमा पराजित भएको हो । चौघडाका नवराज बज्राचार्य र ज्ञानु क्षेत्रीले गोल गर्न सकेनन् ।
Powered by Blogger.