पशुपति टोल विकासको साधारणसभा
हेटौँडा,१५फागुन/पशुपति टोल विकास संस्था हेटौंडाको नवौ“ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सती न्यौपानेको अध्यक्षतामा एवम् नेपाल नगरपालिका कर्मचारी एशोसियसनका केन्द्रीय अध्यक्ष हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले नगरपालिकासंग समन्वय गरेका एकसय ८३ वटा टोल विकास संस्था मध्ये पशुपति टोल विकास संस्था उत्कृष्ट संस्था रहेको दावी गरे । टोल विकास संस्था नगरपालिकाको दाहिने हात भएको बताउ“दै पौडेलले भने, ‘हेटौ“डा उपमहानगरपालिकाले टोल विकासको आय–आर्जन वृद्धिका लागि तालिम, नेतृत्व विकासका कार्यक्रम लगायतका कार्य गर्दै आएको छ ।’ संस्थाले एकल महिला तर्फ शान्ती लामा, इन्द्रकुमारी जमरकटेल, फूलमाया तामाङ, हरिमाया लामा, शोभा आचार्य र सर्वदा अधिकारीलाई सम्मान गरेको छ ।
यसैगरी संस्थाले वृद्ध सदस्य तर्फ माइला भोम्जन र असल बचतकर्ताको रुपमा प्रमोद गोलेलाई सम्मान गरेको
छ । संस्थाका अध्यक्ष न्यौपानेले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी मानन्धरले आर्थिक वर्ष २०७१÷०७२ को आय–व्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हेटौ“डा उपमहानगरपालिका कार्यालयका भीमप्रसाद तिमल्सिना, टोल विकास नगर समन्वय समितिका अध्यक्ष इश्वर ढुङ्गाना, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, उपाध्यक्ष विके बोसलगायतको आतिथ्यता थियो ।