Header Ads


अञ्जनसहित तीन खेलाडी स्पेनिस क्लवमा

हेटौँडा,१५फागुन÷नेपाली फुटबल क्षेत्रमा चम्किंदै गरेका हेटौंडेली युवा स्ट्राईकर अन्जन विष्टसहित तीनजना खेलाडी स्पेनिस बी डिभिजन क्लब मार्बेला युनाइटेड एफसीमा आवद्ध हुने भएका छन् ।
अञ्जन र अनन्त तामाङलाई मार्बेला युनाइटेड एफसीले ट्रायलका लागि बोलाएको छ भने बिमललाई क्लवमा आबद्ध गरिसकेको जानकारीमा आएको छ । अञ्जन र अनन्तले दुई महिना लामो प्रशिक्षणपछि ट्रायलको अवसर पाउनेछन् । ट्रायल पास भएमा उनीहरु दुईजना पनि क्लवमा आबद्ध हुने बताइएको छ । ट्रायलमा बोलाएको जानकारी पाएका अञ्जनले खुसी हु“दै आफ्नो लागि यो खुसी र अवसरको कुरा भएको बताए । ‘अझै अघि बढ्नको लागि बाटो खुलेको महसुस गरेको छु’, बिष्टले भने, ‘अवसरको सदुपयोग गर्दै राम्रो गर्ने प्रयास गर्नेछु ।’ बार्सिलोना र रियल मड्रिड जस्ता विश्व चर्चित क्लबको देश स्पेनको फुटबल क्लब मार्बेला एफसीसंगको दोहोरो सहमतिपत्रमा हस्ताक्षर गरेपछि बिमल औपचारिक रुपमा सो क्लबमा आवद्ध हुनेछन् ।
बंगबन्धु र साग फुटबलको उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका यी तीन उदयीमान खेलाडी पछिल्लो समय आम फुटबलप्रमीको आ“खामा परिरहेका छन् । विमलले आगामी मार्चमा स्पेनमै पुगेर मार्बेलासंगको सम्झौतामा हस्ताक्षर गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ । बिमले मार्बेलासंग गर्ने सम्झौताको अवधिबारेमा पनि उनी स्पेन पुगेपछिमात्रै टुंगो लाग्ने एन्फाले जनाएको छ । मार्बेलाले डाकेपछि यी तीनै युवा खेलाडी मार्च ५ तारिखमा स्पेनतर्फ जाने भएका छन् ।
उनीहरुले आगामी मार्च १३ देखि ३१ तारिखसम्म हुने मैत्रीपूर्ण फुटबल खेल्न नेदरल्यान्ड्सको भ्रमण पनि गर्ने कार्यक्रम तय भएको छ ।
Powered by Blogger.