Header Ads


पत्रकारितामा विकृति छ ः महतो

हेटौँडा,१५फागुन/नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शितल महतोले पछिल्लो समय पत्रकारितामा विकृति देखा पर्दै गएको बताएका छन् ।
शनिबार पत्रकार महासंघ मकवानपुर शाखाको १३ औं साधारणसभाको उद्घाटनमा प्रमुख अतिथि रहेका उनले एक पटक महासंघको सदस्यता लिएपछि आजीवन सदस्य भैरहने प्रवृत्ति गलत भएको तर्क गर्दै सदस्यता सुद्धिकरण आवश्यक रहेकोमा जोड दिए । ‘पत्रकारिता पेशा जति मर्यादित छ, यसमा त्यत्ति नै विकृति पनि छ’, उनले भने, ‘पत्रकार महासंघले सदस्यता सुद्धिकरण अभियान चलाउने तयारी
गरेको छ ।’ कहि“ नबिके पत्रकार बन्ने भन्ने भ्रम आम जनमानसमा रहेको भन्दै उनले केही गलत व्यक्तिको कारण समग्र पत्रकारिता क्षेत्रलाई नै गलत ढङ्गले बुझ्न नहुने बताए । महतोले पत्रकारिता क्षेत्रमा काम गर्न नसकेका व्यक्तिहरुलाई अन्य क्षेत्रमा गएर काम गर्न सुझाव दिए ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटनमा राजनीतिक दलको तर्फबाट नेकपा एमाले जिल्ला सदस्य आरति पाठक, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्मा, उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष प्रताप विष्ट, जिल्ला बार एशोसिएसन मकवानपुर अध्यक्ष अज्मिर केसी, प्रेस युनियन अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारी उपाध्यक्ष प्रकाश दाहाल, क्रान्तिकारी पत्रकार संघका ३ नम्बर प्रदेश संयोजक सुनील खड्का, ब्रोडकास्टिङ् एशोसिएसन अफ नेपालका कोषाध्यक्ष उज्जवल चौलागाईं, रिर्पोटर्स क्लव जिल्ला अध्यक्ष सवीन न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले पत्रकारिता पेशा मर्यादित एवम् व्यवस्थित हुनुपर्ने धारणा राखेका थिए ।

अधिकारी र बिष्ट पुरस्कृत

हेटौँडा,१५फागुन÷पत्रकार महासंघ मकवानपुरको १३ औं साधारणसभामा पत्रकार दीपक अधिकारी र नानिमैया बिष्ट पुरस्कृत भएका छन् ।
महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको स्मृतिमा स्थापना गरिएको न्हूच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०७० अधिकारी र २०७१ विष्टलाई प्रदान गरिएको हो । विगत लामो समयदेखि पत्रकारिताको माध्यमबाट समाजसेवा गरिरहेका अधिकारी र बिष्टलाई नगद पा“चहजार एक रुपैैंया राशीको
पुरस्कार प्रदान गरिएको हो । अधिकारीले प्राप्त पुरस्कार महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमानका श्रीमतिलाई हस्तान्तरण गरेका छन् ।
महांसंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठ मार्फत उनले प्राप्त पुरस्कार संस्थापक अध्यक्षको श्रीमति समक्ष पु¥याइदिन अनुरोध गर्दैै उक्त रकम हस्तान्तरण गरेका हुन् । यस्तै महासंघका पूर्व अध्यक्षहरु नवराज शर्मा, कौशल पाण्डे, प्रताप विष्ट, राममणि दाहाल र भानुभक्त आचार्यलाई कदरपत्र प्रदान गरिएको छ । मकवानपुरको
पत्रकारिता क्षेत्रका विभिन्न भूमिकामा सहयोग पु¥याएकोमा जिल्ला विकास समिती मकवानपुर, हेटौंडा उपमहानगरपालिका कार्यालय,  क्षेत्रीय सूचना केन्द्र हेटौंडाका पूर्व प्रमुख केशवराज बानिया“, निर्माण व्यवसायी राजेन्द्र चौलागाईं, व्यवसायी सुनील गिरी पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
Powered by Blogger.