झुटको राजनीति टिक्दैनः बानियाँ
हेटौंडा, ८ जेष्ठ/नेपाली कांग्रेसका जिल्ला सभापति एवम् सांसद ईन्द्रबहादुर बानियाँले जनता सामु झुटको राजनीति गर्ने दल धेरै दिन नटिक्ने बताए छ । नेपाली कांग्रेस हेटौंडा–६ नम्बर इकाईले गरेको भेलामा बोल्दै नेता बानियाँले जनतालाई ढाट्ने दल तिरस्कृत हुने बताए । ४० बर्ष जनताले जिताएकाहरूले काम नगरेकै कारण नेपाली कांग्रेसलाई मकवानपुरमा माया गर्न थालेको भन्दै बानियाँले अबको हरेक निर्वाचनमा कांग्रेसले विजयी हासिल गर्ने दावि गरे ।
उनले स्थानीयस्तरमा जनताले भोगेका समस्या समाधानमा जुट्न समेत कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा नेपाली कांग्रेस निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, जिल्ला कोषाध्यक्ष गोपिलाल विक, जिल्ला सदस्य प्रदिप कोईराला, पूर्व जिल्ला सदस्य सूर्यबहादुर रूम्बा, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईं, नगर सभापति आनन्दराम पराजुली, तरूण जिल्ला अध्यक्ष सुनिल दाहाल, नेविसंघ जिल्ला सभापति महेन्द्र राउत, क्षेत्रीय प्रतिनिधि गोपाल दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वडा सभापति रामहरि तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा ५० नयाँ सदस्यलाई पार्टीको सदस्यता प्रदान गरिएको थियो ।

