नलेज भिलेज सञ्चालनमा
हेटौँडा, ८ जेष्ठ/अल्पाइन डेभलपमेण्ट बैँकका पूर्व प्रमुख सुदर्शन अधिकारीले हेटौँडा–११ नवलपुर
स्मारकरोडमा निर्माण गरेको नलेज भिलेज सञ्चालनमा आएको छ ।
शनिबारबाट सञ्चालनमा आएपनि यसको औपचारिक उद्घाटन भने केही समय पछि गरिने बताइएको छ । शनिबार बिहान पत्रकार सम्मेलन गर्दै सञ्चालक अधिकारीले शनिबारबाटै नलेज भिलेज सञ्चालनमा ल्याइएको बताएका हुन् । ‘अझै केही संरचना निर्माण कार्य जारी नै रहेका छन् । अहिले यहाँ तालिम, सेमिनारलगायतका स–साना कार्यक्रम गर्न मिल्ने भैसकेको छ’, उनले भने, ‘आजै (शनिबार दिउँसो) पनि कसरी खुसी रहने भन्ने बिषयमा यहिँ एउटा कार्यक्रम हुँदैछ ।’ नलेज भिलेजको गेटबाट छिरेपछि जो कोहीले पनि केही नयाँ ज्ञान र जानकारी लिएर फर्किने सञ्चालक अधिकारीको विश्वास छ । यहाँ अहिले एकदिने कार्यक्रमहरु सञ्चालन गर्नका निम्ति ठाउँको जानकारी दिँदै उनले करिब दुइमहिना भित्रमा आवासिय सुविधासहितको सेमिनार, तालिम, गोष्ठीलगायतका कार्यक्रम गर्न सकिने बताए ।
‘मुलुकको विकासको लागि जनतालाई वित्तिय सशक्तिकरण गर्नु आवश्यक छ’, पत्रकार सम्मेलनमा उनले भने,‘नलेज भिलेज संगै सुदर्शन फाउण्डेशनको नाममा ५० लाख रुपैँया जम्मा गर्ने र त्यसले गाउँ गाउँमा सहयोग गर्ने योजना रहेको छ ।’ यस कार्यको लागि फ्लेयर नेपाल संस्था समेत दर्ता गरेको अधिकारीको भनाई छ । आर्थिक पत्रिकाको रुपमा एउटा साप्ताहिक पत्रिका पनि सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । नलेज भिलेजका निर्देशक
शिरिष फुयाँलका अनुसार यहाँ तीनवटा तालिम हल रहेका छन् भने करिब ३० जनालाई आवासिय सुविधा उपलब्ध
गराउन सकिनेछ ।
८ कट्ठा क्षेत्रफलमा रहेको नलेज भिलेजका तालिमका विभिन्न प्याकेज समेत ल्याउने उनको भनाई छ ।