हेटौँडामा पाँचदिने योग शिविर सुरु
हेटौँडा, ८ जेष्ठ/पतंजली योग जिल्ला समिति मकवानपुरको आयोजनामा हेटौँडामा पाँचदिने निशुल्क योग विज्ञान शिविर सुरु भएको छ ।
शनिबार बिहान एक कार्यक्रमका बीच भगवान गौतम बुद्धको तस्वीरमा माल्यार्पण गरेर शिविरको उद्घाटन
गरिएको हो । पतन्जली योग शिविर नेपालका ट्रष्टी शालिकग्राम सिंहको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा पतन्जली योग नेपालका अध्यक्ष शम्भु दाहाल, पतन्जलीका आजिवन सदस्य बबिता कार्कीलगायतले योगले मानिसलाई दिर्घजिवी बनाउने दावी गर्दै यहि कारण पछिल्लो समय योगप्रति विश्वास बढ्दो रहेको धारणा राखे । सही तवरबाट योग गर्न सके यसले दिर्घरोगीको पनि उपचार हुने वक्ताहरुको भनाई
छ ।
यहि १३ गतेसम्म सञ्चालन हुने शिविरको पहिलो दिन झरीको बावजुद पनि ग्रामीण क्षेत्रदेखि अपाङ्गता भएका व्यक्तिदेखि बालबालिका, ज्येष्ठ नागरिकहरु सहभागी भएका थिए । पतंजली योग जिल्ला समिति अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा भएको शिविरको उद्घाटनमा सांसद्द्वय इन्द्रबहादुर बानियाँ र अनन्त पौडेलसहित विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । शिविरमा पतन्जली योग नेपालका केन्द्रीय प्रभारी लवदेव, योग गुरु लोकनाथ खनाललगायतका केन्द्रीय योग गुरुहरुले योग सिकाइरहेका छन् ।
कार्यक्रममा पतंजली योग जिल्ला समितिको निर्माण हुन लागेको भवनका लागि केन्द्रका पदाधिकारी र जिल्लाका पदाधिकारी तथा अन्य सहभागीबाट करिब तीनलाख रुपैँया बराबर सहयोग संकलन भएको थियो । हेटौँडा–४ श्रमिकपथमा निर्माण हुन लागेको भवनको शनिबार शिलान्यास समेत गरिएको छ । विहान साँढे ४ बजेदेखि साँढे ६ बजेसम्म हुने शिविरमा सहभागिताको निम्ति आयोजकले इच्छुक सबैमा अनुरोध
गरेको छ । पाँचदिन सम्म खुल्ला, सितल, शान्त वातावरणमा ध्यान, योग, राष्टूगान र योगनृत्यका साथ व्यक्ति निर्माण देखि राष्ट्र निर्माण गर्ने अभियान चल्ने आयोजक जिल्ला अध्यक्ष रामकृष्ण थापाको भनाई छ ।
नियमित र विधिपूर्वक योग तथा प्राणायाम गर्नाले मुटु, सुगर, नसा, थाईराइड, क्यान्सर, कोलस्ट्रोल, किड्नी, डिप्रेसन सम्बन्धि, सिस्ट पलाएका, ब्रेन ट्यूमर, श्वासप्रश्वासमा आदि समस्याको समाधान गर्न सकिने आयोजकको दावी छ ।