Header Ads


दुई दाहाल पुरस्कृत, गौतम सम्मानित

हेटौँडा, ७ चैत/चलचित्र पत्रकार संघ मकवानपुरले दुईजना पत्रकारलाई पुरस्कार र एक कलाकारलाई सम्मान गरेको छ । 
चलचित्र पत्रकारिता दिवसको अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी पत्रकारद्धय प्रकाश दाहाल र श्रीराम अर्जुन दाहाललाई पुरस्कृत गरेको हो भने कलाकार अमिर गौतमलाई सम्मान गरेको हो । चलचित्र पत्रकारिता पुरस्कार–२०७२ चलचित्र पत्रकार संघ मकवानपुरका उपाध्यक्ष प्रकाशलाई प्रदान गरिएको हो भने २०७३ श्रीरामलाई प्रदान गरिएको हो । गत वर्ष भूकम्प, नाकाबन्दीलगायतका कारणले चलचित्र पत्रकारिता दिवस नमनाइएकोले यो वर्ष दुइवटा पुरस्कार प्रदान गरिएको बताइएको छ । संघले यो वर्षबाट चलचित्रकर्मीलाई सम्मान कार्यक्रमको पनि सुरुवात गरेको छ । यो वर्ष करिब आधा दर्जन चलचित्रमा अभिनय गरेका हेटौँडेली नायक अमिर गौतमलाई सम्मान गरेको हो । 
चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष शान्तिप्रिय, चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनलगायतले उनीहरुलाई पुरस्कार तथा सम्मान गरेका हुन् । पुरस्कार स्वरुप दुइ पत्रकारलाई नगद पाँचहजार १ रुपैँया प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष शान्ति प्रियले चलचित्र पत्रकार कै कारण नेपाली चलचित्र यो अवस्थासम्म आइपुगेको बताए । चलचित्र पत्रकारहरुले आफूलाई निखार्दै अघि बढ्नुपर्ने भन्दै उनले चलचित्र पत्रकारिताको विकासमा आफू सदैव लागि पर्ने प्रतिबद्धता जनाए । 
संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित गौतम, पुरस्कार दाहालद्धयसंगै संघका संगठन उपाध्यक्ष सुमन दाहाल, मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, चितवन अध्यक्ष राजकुमार लामिछाने, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, एनएस सिनेमा तथा नारायणी मलका निर्देशक कैलाश ढकाल, चलचित्र वितरक एवम् एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष गिरिजा अधिकारी, चलचित्र पत्रकार संघ मकवानपुरका सदस्य धिरज थापालगायतले मन्तव्य व्यक्त 
गरेका थिए ।
Powered by Blogger.