Header Ads


माउण्टेन अन्तिम चारमा

हेटौँडा, २९ बैशाख/हेटौँडामा  जारी १५ औं लक्ष्मीमाया बज्राचार्य स्मृति खुला रनिङ शिल्ड भलिबल प्रतियोगिता–२०७३ को मुख्य दाबेदार मानिएको माउण्टेन भ्यू क्लबले अन्तिम चारमा स्थान बनाएको छ । 
बुधबार भएको दुई खेलसँगै लगातार तीन खेलमा विजयी हुँदै माउण्टेन भ्यूले समूह ‘क’बाट सेमिफाइनलमा प्रवेश गरेको हो । माउण्टेनले केशबलाल स्मृति खेलकुद प्रतिष्ठान र न्यू यो·स्टारलाई सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो । 
माउण्टेनले प्रतिष्ठानले २५–१८ र २५–१८ तथा यो· स्टारलाई २५–१६ र २५–२३ को सेटमा पराजित गरेको 
थियो । बुधबार नै भएको खेलमा यो· स्टारलाई हटिया स्पोर्टस् एकेडेमीलाई २१–२५, २५–२१ र १५–१० को युग प्रकाशले भीमफेदीलाई २५–१६ र २५–१५ र चिउरी बगैंचाले प्रतिष्ठानलाई २५–२२ र २५–१७ को सेटमा पराजित गर्दै अघिल्लो चरणको सम्भावना कायम राखेको छ । 
बसामाडी जेसीजको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा जारी प्रतियोगितामा नौ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद ५० हजार र २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Powered by Blogger.