Header Ads


संविधान कार्यान्वयन चुनौतीपूर्ण ः खनाल

हेटौँडा, २४ बैशाख/पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संविधान कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । 
उनले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक र सृमृद्धीको बाटो तफै लैजानुपर्ने अवस्थामा नेपालका राजनीतिक दलहरु ससाना बिषयमा अल्झिरहेको बताए । नेकपा एमालेका बरिष्ठ नेता समेत रहेका उनले शुक्रबार हेटौडा एफएमको दशौ बार्षिक उत्सवको कार्यक्रममा मुलुकमा अबका दिनहरु निकै चुनौतीपूर्ण रहेको बताए । 
राष्ट्रको विकासको निम्ति परिवर्तनकारी शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नु आवश्यक रहेको औँल्याए । नेपालको संविधान लोकतान्त्रिक विधीबाट बनेको तर्क गर्दै खनालले यसले सम्पूर्ण नेपालीलाई एकताबद्ध बनाउनका मद्यत गर्ने दावी समेत गरे । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका पुर्व सभापति माइकल रामचन्द्र अर्याल, नेकपा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, एकीकृत नेकपा माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज बिष्ट, नयाँ शक्ति नेपाल अभियानका शेरबहादुर पहरीसहित विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुले मन्तव्य व्यक्त गरेका थिए । 
यसैबीच कार्यक्रममा दुईजनालाई बर्ष व्यक्तिबाट सम्मान गरेको छ । समाजसेवामा लागेका उत्तरी 
मकवानपुरका चमेलीमाया वाईवा र उद्योग संघ मकवानपुरका सचिव बासु कार्कीलाई सम्मान गरिएको हो । 
Powered by Blogger.