Header Ads


डिफेण्डिङ च्याम्पियनको विजयी सुरुवात

हेटौँडा, २४ बैशाख/नगरकप फुटबल प्रतियोगिता–२०७३ शुक्रबारबाट हेटौँडा–५ मा रहेको क्याम्पाडाँडा खेल मैदानमा सुरु भएको छ । 
हेटौंडा उपमहानगरपालिका कार्यालय र मकवानपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा आयोजनामा सञ्चालन हुँदै आएको प्रतियोगिताको दोस्रो संस्करणको पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका 
बरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गरेका हुन् । 
प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकासको निम्ति सबैको सहयोग आवश्यक रहेको बताए । नगरकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता वडा नम्बर–१ ले विजयी सुरुवात गरेको छ । साविकको विजेता १ नम्बर वडाले हर्नामाडीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजययात्रा सुरु गरेको हो । 
खेलको चौथो मिनेटमा जनम जोशीले गरेको गोलबाट अग्रता लिएको वडा नम्बर–१ ले खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । २२ र २९ औं मिनेटमा अशोक बरालले गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए । १ नम्बर कै लागि कृष्णबहादुर रुम्बाले १२ औं मिनेटमा गोल गरेका हुन् । हर्नामाडीले एकगोल उपहार स्वरुप प्राप्त ग¥यो । हर्नामाडीका सुरज जिम्बाको प्रहार नियन्त्रणमा लिन खोज्दा वडा नम्बर–१ का अजय बरालले आफ्नै पोष्टमा गोल गरेका हुन् । यो संगै हर्नामाडी खेलमा फर्किने कोशिस गरेपनि अरु गोल गर्न सकेन र खेल ४–१ गोल अन्तरले १ नम्बर वडाको पक्षमा गयो । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको प्रतियोगिताको उद्घाटन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षता रहेको थियो । हेटौंडा उपमहानगरपालिकाका अधिकृत शंकर उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
प्रतियोगिताको विजेता र उपविजेतो क्रमश ः नगद एकलाख रुपियाँ र ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । खेल नकाउट आधारमा सञ्चालन गरिएको छ । विधागतरुपमा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
Powered by Blogger.