स्टाफ नर्समा एकसय ३० जनाको भर्ना
हेटौँडा, २२ बैशाख/ विगत १५ वर्षदेखि हेटौँडामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको आइटेक यूनिभ प्लस इन्स्टिच्यूटमा शैक्षिक सत्र २०७३/०७४ को स्टाफ नर्स ब्रीज कोर्ष पढ्ने विद्यार्थीहरु गतवर्षको तुलनामा दोब्बरले बढेको छ ।
गत वर्ष ६५ जनाले भर्ना गरेको बताउँदै आइटेकका सञ्चालक जयराम कार्कीले भने–‘यस शैक्षिक सत्रको लागि बुधबारसम्ममा एकसय ३० जनाले भर्ना गरिसकेको र विद्यार्थी भर्ना आउने क्रम जारी रहेको छ ।। रहेको बताए । गत वर्ष संस्थाबाट ३१ जनाले नर्सिङ पढ्नको लागि छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोले विद्यार्थीहरुकोचाप वृद्धि हुँदै गइरहेको उनको भनाइ रहेको थियो । ‘एचएब ल्याब, फार्मेसी, डेन्टल, ओभरसियर र अकोपेन्टर, इन्जिनियरका विषय पढाउँदै आइरहेको इन्स्टिच्यूटमा यही बैशाख २६ गतेबाट स्टाफ नर्स र साइन्स ब्रजकोर्षको नयाँ सेक्शन शुरु हुने जनाएको छ ।
