Header Ads


मिठाइ गुणस्तरीय बनाउन छलफल

हेटौँडा, २१ बैशाख/पटक पटक हुने गरेको बजार अनुगमनको क्रममा हेटौँडामा मिठाइजन्य सामान गुणस्तरीय नभएको फेला पारिरहेको अवस्थामा मकवानपुर उद्योग वाणिज्य संघले गुणस्तर कायम राख्न छलफल गरेको छ । 
मङ्गलबार संघमा भएको छलफलमा मिठाई विक्री गर्न अनुमति प्राप्त फर्म बाहेक अन्यबाट हुने विक्री वितरण निरुत्साहित गर्ने, अखाद्य रंग आदीको प्रयोग तथा फूटपाथमा असहज हुने गरी विक्री वितरण नगर्ने, मिठाइको गुणस्तरलाई कायम राख्न सचेत रहने जस्ता विषयमा छलफल केन्द्रित रहेको थियो ।  
कार्यक्रममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल, खाद्य निरीक्षक दिनेश ढुंगाना, हेटौंडा उपमहानगरपालिका कार्यालयका प्रवन्धक बीके महर्जन, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अजय अधिकारी, सचिव बासु खतिवडा, राष्ट्रिय उपभोक्ता मञ्चका सचिव महेशकुमार अग्रवाल, संघका कार्यसमिति सदस्य माधव ज्ञवाली र होटल तथा मिठाई व्यवसायीको कार्यक्रममा उपस्थिती थियो । 
त्यसैगरी चाडपर्वको समयमा विशेष अनुगमन गर्न हेटौंडा उपमहानगरपालिका कार्यालयको नेतृत्वमा, मकवानपुर उद्योग वाणिज्य संघ, क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी प्रशासन, उपभोक्ता मञ्च, होटल एशोसिएसन सहितको टोली बनाई अनुगमन गर्ने सहमति भएको छ । 
Powered by Blogger.