सुजुकीको बोलेनो कार हेटौँडामा
हेटौँडा, २१ बैशाख/हेटौडामा पहिलो पटक सुजुकीको बोलेनो कार सार्वजनिक गरेको छ ।
सुजुकी कारको हेटौडाको लागि आधिकारिक विक्रेता गोर्खाली ट्रेड एण्ड सप्लायर्सले मङ्गलबार एक कार्यक्रमका बीच सुजुकीको प्रिमियम हयाचब्याक बोलेनो कार सार्वजनिक गरेको हो । आकर्षक डिजाइनमा रहेको बोलेनो प्रिमियम क्वालिटीको सुजुकी ब्राण्डका उत्पादन तथा विश्वस्तरीय विक्री सेवा प्रदान गर्ने उद्देश्यले सुजुकी बलेनो वजारमा ल्याएको डिलर इन्चार्ज मञ्जुल अमात्यले जानकारी दिए ।
बलोनोको उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनि प्रदुषणका लागि तारिफ पाएको दावी समेत गरिएको छ । सुजुकी बलेनो कार अनेकौं विशेषताहरुले सुसज्जित रहेको र यसले मकवानपुर जिल्ला लगायत आसपासका क्षेत्रमा राम्रो बजार ओगट्ने हेटौँडाका लागि आधिकारीक विक्रेता गोर्खाली ट्रेडका सञ्चालक सजग गोर्खालीले बताए । गाडीले भिभिटी पेट्रोल एक दशमलव दुई तथा प्रतिलिटिर २१ द्यशमलव चार किमी माइेलेज दिने इन्धन क्षमताका साथ आएको यस कारले ८४ दशमलव ४ प्रतिसेकेण्डको पिकपावर दिने गोर्खालीको भनाइ रहेको छ ।सुजुकी गाडीको नेपालको आधिकारिक विक्रेता सिजि मोटोकर्पका डिलर इन्चार्ज मन्जुल अमात्यले भारतमा सुजुकी बलेनोको व्यापक सफलता पछि नेपालका विभिन्न स्थानमा तथा मकवानपुरमा पनि बलेनोको विक्री शुभारम्भ गरेको बताए ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यापानेको प्रमुख आतिथ्यतामा कारको सुभारम्भ गरिएको हो ।
