काँग्रेसको संगठन विस्तार तीव्र
हेटौँडा, २० बैशाख÷नेपाली काँग्रेसको संगठन विस्तार एवम् सुदृढिकरण अभियान अन्तर्गत
मकवानपुरको विभिन्न गाविसमा भेला तथा अधिवेशन भैरहेको छ ।
यसै अभियान अन्तर्गत छतिवनको ३ नम्बर वडामा नयाँ समिति बनेको छ । वडा भेलाले भीमबहादुर थिङ सभापति रहने गरी १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।उपसभापतिमा कृष्णबहादुर पुलामी, सचिवमा श्याम दाहाल, सहसचिवमा राजु गुरुङ, कोषाध्यक्षमा बिष्णु भोलन तथा सदस्यमा गंगा गुरुङ, प्रताप न्यासुर, सुदर्शन घिमिरे, बेलबहादुर खड्का, चन्द्रबहादुर ठकुरी, रमेश घिमिरे, केन्द्रबहादुर राई, इन्द्रप्रसाद ढकाल, मणिलाल गुरुङ र अजय डिमडुङ रहेका छन् । काँग्रेस छतिवन इकाइ सभापति भूमिनन्द गौतमको प्रमुख आतिथ्यतामा भएको भेलामा इकाइ सचिव लोकेन्द्र माझी, तरुण दल क्षत्रीय अध्यक्ष दिलबहादुर भोम्जन, छतिवन २ नम्बर वडा पार्टी सभापति भवनाथ ढकाल, काँग्रेसका पुराना नेता केशरबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी काँकडाको वडा नम्बर ५ र ६ मा पनि काँग्रेसको वडा भेला भएको छ । ५ नम्बर वडामा जितमान मोक्तान सभापति रहने गरी १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको सचिवमा दिलबहादुर थिङ, कोषाध्यक्षमा केशरसिंह मुक्तान र सदस्यमा भीमबहादुर थिङ, हस्तबहादुर मोक्तान, शंकरसिंह ब्लोनलगायतका रहेका छन् । यस्तै ६ नम्बर वडा सभापतिमा सुनिल ब्लोन चयन भएका छन् । सचिवमा अरबिन्द स्याङ्तान, कोषाध्यक्षमा ताथिलाल थिङ र सदस्यमा चन्द्रलाल थिङ, चन्द्रमाया थिङ, लालसिंह थिङलगायतका रहेका छन् । काँग्रेस काँकडा गाउँ इकाइ सभापति जयबहादुर तितुङको प्रमुख आतिथ्यतामा भएको भेलामा गाउँ इकाइ सचिव प्रकाश तितुङ, ज्येष्ठ नेता खुसराज मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।
