सरकार खोज्दै खण्डहर ध्वाँकोट बासिन्दा
हेटौँडा, १२ जेष्ठ/मकवानपुरकै बिकट मन्थली गाविस–६ स्थित ध्वाँकोटमा आजभोली धुवाँ उड्दैन, साँझ बत्ती बल्दैन ।
२०७२ वैशाख १२ गतेको भूकम्पले सबै घरहरु भत्काएपछि ध्वाँकोट सुनसान खण्डहरमा परिणत भएको छ । गाउँका २० घरमध्ये तीन घरमात्र ठडिएको देखिन्छ, त्यो पनि बस्न मिल्ने अवस्थामा छैन । भूकम्पले गाउँ चिरा चिरा पारेर सबै घर भत्काएपछि बस्ती नै बिस्थापित भएको हो ।
ध्वाँकोटका लालसिं लो मन्थली–६ स्थित गाविस कार्यालयल नजिक आफन्तको जग्गामा टहरा बनाए बसिरहेका छन् । ५० हजार रुपैयाँ ऋण गरेर गत वर्ष बनाएको घर भूकम्पले भत्काएपछि उनी आफन्तको सहारामा जीवन गुजार्न बाध्य रहेका छन् । दश महिनादेखि टहरामा बस्दै आएका उनलाई नयाँ घर बनाउने चुनौती त छ नै, भूकम्पले भत्काएको घरको ऋणले पनि उत्तिकै पिरोलेको छ ।
लो ले पाँच जनाको परिवार साहुको बारी अधियाँ कमाएर जसोतसो पालिरहेका छन् । तर उनको ध्वाँकोटमा रहेको एक हल गोरुको मेलो बारी भने बाँझै छ । ‘पुरानै गाउँमा फेरि घर बनाएर बस्न सकिँदैन, अन्यत्र जान आफ्नो जग्गा छैन’, लो ले भने ‘हाम्रो दुःख देख्ने कोही भएन ।’
उनीसँगै अन्य नौ परिवार गाविस कार्यालय वरिपरि जग्गा भाडामा लिएर अस्थायी टहरा बनाएर बसिरहेका छन् । स्थानीय सोनाम सिं डिम्डुङ पनि गाविस हेटौँडा, १२ जेष्ठ÷मकवानपुरकै बिकट मन्थली गाविस–६ स्थित ध्वाँकोटमा आजभोली धुवाँ उड्दैन, साँझ बत्ती बल्दैन ।
२०७२ वैशाख १२ गतेको भूकम्पले सबै घरहरु भत्काएपछि ध्वाँकोट सुनसान खण्डहरमा परिणत भएको छ । गाउँका २० घरमध्ये तीन घरमात्र ठडिएको देखिन्छ, त्यो पनि बस्न मिल्ने अवस्थामा छैन । भूकम्पले गाउँ चिरा चिरा पारेर सबै घर भत्काएपछि बस्ती नै बिस्थापित भएको हो ।
ध्वाँकोटका लालसिं लो मन्थली–६ स्थित गाविस कार्यालयल नजिक आफन्तको जग्गामा टहरा बनाए बसिरहेका छन् । ५० हजार रुपैयाँ ऋण गरेर गत वर्ष बनाएको घर भूकम्पले भत्काएपछि उनी आफन्तको सहारामा जीवन गुजार्न बाध्य रहेका छन् । दश महिनादेखि टहरामा बस्दै आएका उनलाई नयाँ घर बनाउने चुनौती त छ नै, भूकम्पले भत्काएको
घरको ऋणले पनि उत्तिकै पिरोलेको छ ।
लो ले पाँच जनाको परिवार साहुको बारी अधियाँ कमाएर जसोतसो
पालिरहेका छन् । तर उनको ध्वाँकोटमा रहेको एक हल गोरुको मेलो बारी भने बाँझै छ । ‘पुरानै गाउँमा फेरि घर बनाएर बस्न सकिँदैन, अन्यत्र जान आफ्नो जग्गा छैन’, लो ले भने ‘हाम्रो दुःख देख्ने कोही भएन ।’
उनीसँगै अन्य नौ परिवार गाविस कार्यालय वरिपरि जग्गा भाडामा लिएर अस्थायी टहरा बनाएर बसिरहेका छन् । स्थानीय सोनाम सिं डिम्डुङ पनि गाविस कार्यालय नजिक जग्गा भाडामा लिएर टहरा बनाएर बसिरहेका छन् । ज्याला मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका डिम्डुङले दुःख पर्दा सरकारले नहेरेको गुनासो गरे ।
उनी भन्छन्, ‘सरकारले टाउको लुकाउने ठाउँको ब्यवस्था गरिदिए हुन्थ्यो ।’ ‘बस्ने बास पनि छैन, कमाई खाने ठाउँ पनि छैन’, गाविस कार्यालय नजिकै अस्थायी टहरा बनाएर बसिरहेकी राजकुमारी भोम्जनले भनिन्, ‘गरिबलाई दुःखमा हेर्ने कोही पनि नहुँदो रहेछ ।’ खण्डहर ध्वाँकोट नजिकै ७० वर्षीय माईलीमाया न्याँस्योरको परिवार भने भूकम्पले लुटेको सपना खोज्दै छन् ।
‘मेरो तीन भाई छोरोको तीनवटै घर भत्कियो, गाउँमा कोही बस्न तयार छैन’, न्याँस्योरले भनिन्, ‘ठूलो परिवार भएकाले कहाँ जाने के खाने भन्ने चिन्ताले सताईरहेको छ ।’ सरकार खोजिरहेका ध्वाँकोटबासीले गाविस सचिवलाई समेत भेट्न नपाएको गुनासो गरे । ‘सरकारले १५ हजार रुपैयाँ दिने बाहेक अरु केही गरेको छैन’, भूकम्पले बिस्थापित भएका तेज बहादुर थोकरले भने, ‘सबैकुरा भूकम्पले लुटेपछि हामी घरको न घाटको भएका छौं ।’
गाउँ चर्किएकाले यहाँ नबस्न सरकारी प्राविधिक टोलीले उनीहरुलाई सुझाएका छन् । गाविस कार्यालयका सहायक जयबहादुर भोम्जनले बिस्थापितहरुलाई पुनस्र्थापित गराउन गाविसले पहल गरिरहेको बताए । ‘जिल्लामा जति कुरा राखेपनि सुनुवाई हुँदैन’, भोम्जनले भने, ‘बिकट गाविस भएकोले होला हामीलाई सरकारले पनि सौतेनी ब्यबहार गरेको छ ।’ जाडो महिना सकिँदा पनि न्यानो कपडाको पैसा समेत नपाएको उनले बताए । भूकम्पबाट गाविसको तीनसय १५ घरमा पूर्ण र एकसय ९९ घरमा आंसिक क्षति पुगेको छ । गाविस सचिव कृष्ण प्रसाद सापकोटाले उनीहरुलाई पुनस्र्थापित गराउन गाविसले मात्र नसक्ने बताए । ‘त्यहाँ घर बनाएर नबस्नु त भनियो तर कहाँ लगेर राख्ने हामी अन्यौलमा छौं’,उलने भने । ललितपुर जिल्लाको गिम्दी, रासाराङ र प्युटार गाविससँग जोडिएको मन्थली जिल्लाकै बिकट गाविस हो ।
