यो सरकार धेरै दिन टिक्दैन ः महामन्त्री कोइराला
हेटौँडा, १२ जेष्ठ/नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार केहीदिन भित्रै ढल्ने चेतावनी दिएका छन् ।
काँग्रेस मकवानपुर क्षेत्र नम्बर–२ को आयोजनामा बुधबार बज्रबाराही गाविसमा अगुवा कार्यकर्ताको लागि आयोजित दुईदिने प्रशिक्षण कार्यक्रममा उनले संविधान जारी भएको लामो समय भैसक्दा पनि संविधान कार्यान्वयनको लागि सरकार सुस्त देखिएको, भूकम्प गएको एक बर्ष वितिसक्दा पनि पुनर्निर्माणको काममा सरकार असक्षम रहेको र पछिल्ला समय संस्थागत भ्रष्टाचार मौलाउँदै गएको भन्दै यो सरकारको आयु केही दिनमात्र रहेको बताए ।
यस्तै तराई आन्दोलन र तराईमा रहेको समस्या समाधानको निम्ति सरकार मौन बसेको, कालोबजारी एवम् भ्रष्टाचार मौलाउँदै गएको भन्दै उनले ओली नेतृत्वको सरकार केही दिनमै ढल्ने दोहो¥याए । ‘यो सरकार अब धेरै दिन टिक्नेवाला छैन’, उनले भने, अब छिट्टै काँग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ र देशले विकासको गति लिनेछ ।’ काँग्रेस नेतृत्वको सरकारले पुनर्निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउनुका साथै
तराईमा देखिएको असन्तुष्टि एवम् त्यहाँको समस्या समाधानमा लागिपर्ने बताए ।
कोइरालाले आफू मन्त्री बन्न र सेवासुविधा उपभोग गर्नको निम्ति राजनीतिमा नआएको स्पष्ट पारे । ‘विपिको समाजवादको सिद्धान्तलाई जीवन्त राख्नको लागि म सकृय राजनीतिमा होमिएको हु“’, महामन्त्री कोइरालाले भने, ‘न मलाई मन्त्री बन्नु छ, न त कुनै सेवासुविधा लिनको लागि उच्च पद ग्रहण गर्नु नै ।’ समाजमा अझै विभिन्न नाममा विभेद जारी रहेको भन्दै उनले यसलाई हटाउनको लागि काँग्रेसले सकृय भूमिका खेल्नु आवश्यक रहेको औँल्याए ।
काँग्रेस क्षत्रीय सभापति यतिराज सापकोटाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटनमा केन्द्रीय सदस्य एवम् सांसद् धनराज गुरुङ, पूर्व सचेतक शोभाकर पराजुली, पार्टी मकवानपुर सभापति एवम् सांसद् इन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, पार्टी जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल बिक, काँग्रेस नेता जयराम लामिछाने, उमा दाहाल, भरत पराजुली, भीम लामा, पवित्रा महत, रीता खनाल, भरत लामा, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, तरुण दल मकवानपुर अध्यक्ष सुनिल दाहाललगायतले समसामयिक राजनीतिक अवस्था, नेपाली काँग्रेसको भूमिका लगायतका बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।