बस पल्टिँदा सहचालकको मृत्यु
हेटौँडा, १७ जेष्ठ/मकवानपुरको मनहरी–३ मनहरी बजारमा रहेको बसपार्कमा बसले च्यापिएर सहचालकको मृत्यु भएको छ ।
सोमबार दिउँसो करिब पौने ५ बजेको समयमा मनहरीबाट कालिकाटार चल्ने ना २ ख ५०२ नम्बरको बस पल्टिँदा सोही बसले च्यापिएर सहचालक कालिकाटार १ बस्ने १८ बर्षीय बिष्णु प्रजाको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मनहरीले दिएको जानकारी अनुसार बस मोड्ने क्रममा सहचालकले चलाएका थिए ।
मोड्ने क्रममा पल्टिएको बसमा च्यापिएर सहचालक प्रजाको घटनास्थल मै मृत्यु भएको हो । बसको चालक
फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । मृतक प्रजाको शव पोष्टमार्टमको जिल्ला हेटौँडा अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
