म्यानेजमेण्टका बिद्यार्थीलाई दुव्र्यसनको चेतना
हेटौँडा, ५ जेष्ठ/पछिल्लो समय क्याम्पस पढ्ने उमेर समूहका युवाहरु लागूऔषध दुव्र्यसनमा फसिरहेका छन् ।
प्रहरीले विभिन्न अपराधजन्य घटनाका साथै लागूऔषध ओसारपसार तथा प्रयोगमा संलग्न भएको भन्दै नियन्त्रणमा लिएकाहरुमा समेत धेरै युवा नै पर्ने गरेका छन् । यस्तै अवस्थालाई मध्यनजर गर्दै लागूऔषध नियन्त्रणको अभियानमा सकृय मकवानपुर रिकभरिङ समूहले बुधबार हेटौँडा स्कूल अफ म्यानेजमेण्टमा लागूऔषध सम्बन्धि चेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले लागूऔषध दुव्र्यसनबाट टाढै
रहन बिद्यार्थीलाई अनुरोध गरिन् । समाजमा हुने गरेका घटनामध्ये प्राय ः लागूऔषध दुव्र्यसन कै कारण हुने गरेको तर्क गर्दै उनले खराब बानिव्यवहार भएका साथीसंग संगत नगर्नका लागि समेत सुझाव दिइन् । हेटौँडा उपमहानगरपालिका कार्यालयका सहयोगमा भएको कार्यक्रममा लागूऔषध प्रयोगका कारण हुन सक्ने असरका बिषयमा रिकभरिङ समूहका सचिव सन्दिप शाक्यले सहजीकरण गरेका थिए ।

