थाहानगरमा क्रियापुत्रिले परीक्षा दिए
थाहानगर, २ जेष्ठ/मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पस परीक्षाको केन्द्रबाट कक्षा ११ को परीक्षामा एक जना क्रियापुत्रीले पनि परिक्षा दिएका छन् ।
थाहा वडा नं. ८ किटेनीका राम केसीले कक्षा ११ को अनिवार्य अंग्रेजी विषय परीक्षा दिएका छन् । केसीले बाबु स्वर्गारोहण भएको नवौ दिनमा परीक्षा दिएका हुन् । परीक्षामा सहभागी केसीलाई परीक्षा केन्द्रको चौरमा छुट्टै बसी परीक्षा दिने व्यवस्था मिलाइएको थियो । आइतबारबाट शुरु भएको परीक्षामा पालुङ क्याम्पस परीक्षा केन्द्रबाट जनकल्याण उच्च माविका १२२, बज्रवाराही उच्च माविका ९९ र स्वच्छन्द भैरव उच्च माविका २५ जना विद्यार्थीहरुले पहिलो दिनको परीक्षा दिएको केन्द्राध्यक्ष रामहरी अधिकारीले जानकारी दिए ।

