Header Ads


राप्रपा नेपाल थाहानगर अध्यक्षमा कार्की

थाहानगर, १७ जेष्ठ/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सोमबार थाहानगरमा अधिवेशन सम्पन्न भएको छ । 
पार्टीको पहिलो नगर अधिवेशनबाट हरेराम कार्कीलाई सर्वसम्मत अध्यक्षतामा निर्वाचित भएका छन् । कार्की थाहानगर तदर्थ समितिको पनि संयोजक थिए । समितिको उपाध्यक्षमा शंकर महर्जन र कल्पना खड्का निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा प्रमोद केसी तथा सहसचिवमा नवीन रायमाझी र भावना श्रेष्ठ निर्वाचित भएकाछन् । 
राप्रपा नेपाल थाहानगरको कोषाध्यक्षमा पूर्णध्वज केसी लगायतका सदस्यहरु रहेका छन् । नगर समितिमा पदाअधिकारी सहित २१ सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् । राप्रपा नेपालका केन्द्रीय सदस्य दिपक बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नारायणी अञ्चल संयोजक मदन भण्डारी, मकवानपुर जिल्ला उपाध्यक्ष रामहरि न्यौपाने, क्षेत्रिय सदस्य शम्भूभक्त श्रेष्ठ, अर्जुन केसी लगायतका पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो । 
Powered by Blogger.