अन्तराष्ट्रिय प्रतियोगितामा मकवानपुरे निर्णायक
हेटौँडा, ५ जेष्ठ/भुटानमा हुन लागेको दोस्रो अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप र प्रथम पुम्से च्याम्पियन सिपमा निर्णायकको भूमिका निर्वाह गर्न मकवानपुरका प्रशिक्षक रबिन जोशीले अवसर पाएका छन् ।
मकवानपुरकै पहिलो अन्तराष्ट्रिय रेफ्रीको रुपमा रहेका जोशीले १३ राष्ट्रले भाग लिने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका हुन् । यहि मे २०, २१, र २२ तारिखमा भुटानमा हुन लागेको दोस्रो अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप र प्रथम पुम्से च्याम्पियनसिपमा जोशी र काठमाण्डौँका नर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्ने मौका पाएका हुन् । प्रतियोगितामा नेपालका तर्फबाट भने काठमाण्डौँ, चितवन र भैरहवाका गरी नौजना खेलाडी सहभागी हुँदैछन् । उनीहरु बिहीबार बिहान ११ बजे भुटानर्फ
लाग्नेछन् । यसअघि सन् २०१४ मा लण्डनमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका जोशीले भुटानमा हुन लागेको प्रतियोगितामा पनि मौका पाउँदा खुसी लागेको बताए ।
लाग्नेछन् । यसअघि सन् २०१४ मा लण्डनमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका जोशीले भुटानमा हुन लागेको प्रतियोगितामा पनि मौका पाउँदा खुसी लागेको बताए ।
‘यो मेरो लागि नयाँ टेक्नोलोजी सिक्ने मौका पनि हो । त्यहाँ सिकेका ज्ञानलाई यहाँ प्रयोग गर्न पाउनेछु भन्ने विश्वास लागेको छ’ जोशीले भने, ‘यसलाई अवसरको रुपमा लिएर राम्रो गर्नेछु भन्ने विश्वास छ ।ु सन् २००९ मा अन्तराष्ट्रिय रेफ्रीको कोर्ष पास गरेको उनले २०१० मा कोरियाबाट मास्टर कोर्ष समेत पास गरेका थिए ।

