Header Ads


राप्रयु संगठन हेटौँडाले ग¥यो खेलाडी सम्मान

हेटौँडा, ५ जेष्ठ/राप्रपा नेपालका केन्द्रीय सदस्य दीपकवहादुर सिंहले शरीर स्वस्थ राख्नका लागि मानव जीवनमा खेलकुद अपरिहार्य रहेको बताएका छन् ।
गत १ गते शनिबार हेटौँडामा सम्पन्न भएको नगरकप फुटबल प्रतियोगिता–२०७३ मा विजयी हुन सफल हेटौँडाको ७ नम्बर वडाका खेलाडीलाई सम्मान गर्नको निम्ति राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नगर कार्यसमितिले बुधबार आयोजना गरेको कार्यक्रममा उनले खेलले स्वस्थ रहनका साथै भ्रातृत्व विकासमा समेत सहयोग पु¥याउने बताए । उनले आफू पनि ३५ वर्ष अगाडी राष्ट्रिय स्तरको खेलाडी भएको स्मरण गर्दै भने, ‘खेल क्षेत्रको विकाश र विस्तारको लागि राप्रपा नेपाल सदैव सहयोग गर्न तत्पर रहेको छ ।’ नेपालका खेलाडीको लागि उचित वातावरण र आवश्यक सामग्री एवम् अवसर नहुँदा नहुँदै पनि पछिल्ला समय उत्कृष्ट नतिजा दिइरहेको भन्दै उनले खेल क्षेत्रको विकासको निम्ति सबै राजनीतिक दल एक हुनु आवश्यक 
रहेकोमा जोड दिए । 
नगरकपको विजेता रहेको ७ नम्बर फुटवल टीमलाई युवक संगठनले नगद दशहजार रुपियाँसहित खेलाडीहरुलाई सम्मानपत्र प्रदान गरेको थियो । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नगर कार्यसमितिका अध्यक्ष भृगु कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष कार्कीले खेलकुदले शारिरीक, मानसिक एवम् वौद्धिक विकाशमा मद्दत पु¥याउने बताए । कार्यक्रममा राप्रपा नेपालका नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, वरिष्ठ उपाध्यक्ष रामहरी न्यौपाने, वडा नागरिक मञ्चका ७ नम्बरका अध्यक्ष राजन थापा, नेपाली काँग्रेसका वडा सभापति दीपक खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.