लागूऔषधबाट टाढै रहन आग्रह
हेटौँडा, १५ जेष्ठ/लागूऔषध ओसारपसार एवम् उत्पादनमा समेत अगाडि रहेको मकवानपुरको मनहरीमा प्रमुख जिल्ला अधिकारी सहित न्यायाधीश एवम् सुरक्षा निकायका प्रतिनिधी पुगेका छन् ।
अबैधानिक लागूपदार्थ गाँजा र अफिम उत्पादन, विक्रीवितरण न्यूनीकरण गर्ने योजनालाई सार्थकता प्रदान गर्नका लागि प्रजिअ डा. मानबहादुर बिके नेतृत्वको टोली शनिबार मनहरी पुगेको हो । मकवानपुर जिल्लालाई लागूऔषध उत्पादन र विक्रीवितरण शुन्य पार्ने योजनालाई सार्थकता प्रदान गर्नका लागि जिल्ला विकास समितिले सञ्चालन गरेको गाँजा उत्पादन क्षेत्र लक्षित आयमूलक कार्यक्रमबारे बुझ्न, आगामी वर्षको योजनाबारे जानकारी गराउन र लागूऔषध उत्पादन, विक्रीवितरणबापत् हुने कानुनी कारबाहीबारे जानकारी
गराउन प्रमुख जिल्ला अधिकारी बिकेको नेतृत्वमा जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश कृष्णराज कोइराला, न्यायाधीशहरु दयाराम ढकाल, नारायण पौडेल, स्रेस्तेदार दशरथ पंगेनी, जिल्ला न्यायाधिवक्ता यमबहादुर बानियाँ, सरकारी वकिल कार्यालयका सह न्यायाधीवक्ता डा. गोपिचन्द्र भट्टराई, जिल्ला बार एसोसिएसन अध्यक्ष अज्मीर केसी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेब गौतम, जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, महिला जिल्ला समन्वय समिति उपाध्यक्ष सीता अधिकारीलगायतको टोली मनहरी पुगेको हो ।
टोलीले शनिबार दिनभर स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय, नागरिक वडा मञ्चका प्रतिनिधि, विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका प्रतिनिधि एवम् विभिन्न सरोकारवाला पक्षहरुलाई लागूऔषध गाँजा उत्पादन, विक्रीवितरण र ओसापसारमा संलग्नलाई हालसम्म भएका कारबाही र स्थानीय निकायले गाँजा उत्पादन क्षेत्रमा गरेको विकासे कामबारे हेटौँडा, १५ जेष्ठ÷लागूऔषध ओसारपसार एवम् उत्पादनमा समेत अगाडि रहेको मकवानपुरको मनहरीमा प्रमुख जिल्ला अधिकारी सहित न्यायाधीश एवम् सुरक्षा निकायका प्रतिनिधी पुगेका छन् ।
अबैधानिक लागूपदार्थ गाँजा र अफिम उत्पादन, विक्रीवितरण न्यूनीकरण गर्ने योजनालाई सार्थकता प्रदान गर्नका लागि प्रजिअ डा. मानबहादुर बिके नेतृत्वको टोली शनिबार मनहरी पुगेको हो । मकवानपुर जिल्लालाई लागूऔषध उत्पादन र विक्रीवितरण शुन्य पार्ने योजनालाई सार्थकता प्रदान गर्नका लागि जिल्ला विकास समितिले सञ्चालन गरेको गाँजा उत्पादन क्षेत्र लक्षित आयमूलक कार्यक्रमबारे बुझ्न, आगामी वर्षको योजनाबारे जानकारी गराउन र लागूऔषध उत्पादन, विक्रीवितरणबापत् हुने कानुनी कारबाहीबारे जानकारी
गराउन प्रमुख जिल्ला अधिकारी बिकेको नेतृत्वमा जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश कृष्णराज कोइराला, न्यायाधीशहरु दयाराम ढकाल, नारायण पौडेल, स्रेस्तेदार दशरथ पंगेनी, जिल्ला न्यायाधिवक्ता यमबहादुर बानियाँ, सरकारी वकिल कार्यालयका सह न्यायाधीवक्ता डा. गोपिचन्द्र भट्टराई, जिल्ला बार एसोसिएसन अध्यक्ष अज्मीर केसी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेब गौतम, जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, महिला जिल्ला समन्वय समिति उपाध्यक्ष सीता अधिकारीलगायतको टोली मनहरी पुगेको हो ।
टोलीले शनिबार दिनभर स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय, नागरिक वडा मञ्चका प्रतिनिधि, विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका प्रतिनिधि एवम् विभिन्न सरोकारवाला पक्षहरुलाई लागूऔषध गाँजा उत्पादन, विक्रीवितरण र ओसापसारमा संलग्नलाई हालसम्म भएका कारबाही र स्थानीय निकायले गाँजा उत्पादन क्षेत्रमा गरेको विकासे कामबारे जानकारी गराउँदै त्यहाँको अवस्थाको बिषयमा बुझेको हो । टोलीले उक्त स्थान भेला भएकाहरुको रायसुझाब समेत संकलन गरेको छ । ‘लागूऔषध खेती गर्न, तयारी गर्न, विक्रीवितरण गर्न, निकासी पैठारी गर्न, खरिद गर्न, सञ्चय गर्न, ओसारपसार गर्न र सेवन गर्न कानुनले निषेध गरेको छ,’ लागूपदार्थ नियन्त्रण जिल्ला कार्यान्वयन समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी बिकले भने, ‘लागूपदार्थ ओसारपसार नियन्त्रणका लागि सुराकी परिचालन, खानतलासी र ब्याडमै गाँजा नष्ट गर्ने योजना रहेको छ ।’ बिकले गाँजा उत्पादन हुने क्षेत्रमा नगदे बाली लगाउन प्रोत्साहन गरिने, बैकल्पिक खेतीका लागि व्यवस्था मिलाउने, सडकलगायत भौतिक संरचनाको विकास गर्ने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताए ।
उनले जिल्लाको नामटार, कालिकाटार, सरिखेत, राक्सिराङ, आग्रा, खैराङ, डाँडाखर्क, राक्सिराङ र मनहरी गाविस गाँजा उत्पादन हुने मुख्य स्थान भएकाले विशेष निगरानीमा राखिएको बताए । उनले धादिड्ड, चितवन, बारा, पर्सा र रौतहट क्षेत्रमा गाँजा र अफिम मकवानपुरकै बाटो भएर जाने भन्दै चेकिड्डलाई कडाई बनाएको बताए । लागूऔषध कारोबारमा संलग्नहरु गतवर्षभन्दा यसवर्ष ह्वात्तै बढेपछि कानुनसँग सरोकार राख्नेहरु पनि प्रजिअसँग गाउँगाउँमा पुगेका छन् । गतआर्थिक वर्षमा ८१ जना लागूऔषध ओसारपासरमा संलग्न भएकाहरुविरुद्ध जिल्ला अदालतमा मुद्धा परेकोमा यसवर्ष वैशाख महिनासम्मा एकसय १२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्धा परिसकेको छ । जिल्ला विकास समितिअन्तर्गत्को महिला विकास समन्वय समितिको आयोजनामा भएको छलफलमा लागूऔषधबारे कानुनमा रहेका विषयहरु, कानुन कार्यान्वयनको प्रक्रियाबारे जानकारी गराइएको थियो । महिला समन्वय समिति प्रमुख सीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले सहजीकरण गरेका थिए ।