Header Ads


रञ्जन र अञ्जन एमालेको सदस्य हैनन् : राजु बिष्ट

हेटौँडा, १६ जेष्ठ/नेपालको राष्ट्रिय टिममा समेत पटक पटक अटाइसकेका हेटौंडेली फुटबलर दाजुभाई रञ्जन बिष्ट र अञ्जन बिष्ट कुनैपनि राजनीतिक दलमा आबद्ध नभएको उनको परिवारले स्पष्ट पारेको छ । 
नेकपा एमालेको खेलकुद महासंघको शनिबार हेटौंडामा भएको क्षेत्रीय र नगर भेलामा बिष्ट दाजु भाई नगर सदस्य भएको भन्दै व्यापक हल्ला भएपछि रञ्जन र अञ्जनका बुवा राजु बिष्टले आफ्ना फुटबलर छोराद्धय कुनैपनि राजनीतिक दल सम्बद्ध खेलकुद संगठनमा समेत नरहेको प्रष्ट पारेका हुन् । उनले उक्त हल्लाको पछाडि नलाग्न सम्पूर्ण खेलप्रेमीहरुमा आग्रह समेत गरेका छन् । ‘अञ्जन लाओसबिरुद्धको मैत्रीपूर्ण फुटबल खेल्नको लागि विदेशमा रहेको र रञ्जन सशस्त्र प्रहरीको एपीएफ क्लबमा आबद्ध भएर काठमाडौंमा नियमित प्रशिक्षण 
गरिरहेको छ’, बिष्टले भने, ‘यस्तो अवस्थामा उनीहरुको उपस्थिती एवम् स्वीकृति विना नै कुनै व्यक्तिले सस्तो लोकप्रियताका लागि उनीहरुको नाम दुरुपयोग गरेकोमा दुःख लागेको छ ।’ 
राजु बिष्टले प्रेस विज्ञप्ती जारी गर्दै खेलाडी राष्ट्रको गहना भएको उल्लेख गर्दै कुनै पनि राजनीतिक दलको भ्रातृ संगठनमा नलाग्ने स्पष्ट पारेका छन् । 
‘उमेर पुगेका केटाहरु हुन् । उनीहरुको पनि भोटिङ राइट्स छ । चुनावको बेलामा कुनै राजनीतिक दलका नेतालाई भोट हाल्लान् फरक कुरा हो’, उनले भने, ‘तर मेरो छोराहरु हेटौैैैडामा नै नभएको अवस्थामा उनीहरुको नाम लिएर कुनै राजनीतिक दलको संगठनमा लागेको भन्ने समाचार आउँदा निकै दुःख लागेको छ ।’ उनीहरुको उपस्थिती विना नै भएको भेलाबाट उनीहरुलाई कार्यसमितिमा राख्दा नेकपा एमालेले जिल्लामा बनाएको छविमा नै दाग लाग्न सक्ने बिष्टको चेतावनी छ ।’ खेलाडीको संरक्षण र प्रोत्साहनका लागि सम्पूर्ण दलहरुले सहयोग गर्न जरुरी रहेको बताउँदै उनले खेलाडी कुनै एउटा दलको नभएर सम्पूर्ण दलको र समग्रमा राष्ट्रको नै भएको दोहो¥याए । 
‘रञ्जन र अञ्जन पहिलोको जस्तै स्वतन्त्र छन् । उनीहरु राष्ट्रिय खेलाडीमात्र हुन्,’ राजुले भने, ‘उनीहरुले आफ्नो सम्पूर्ण जीवन खेलक्षेत्रबाट राष्ट्रको पहिचान अन्तर्राष्ट्रियस्तरमा चिनाउन खर्चिने छन् ।
Powered by Blogger.