Header Ads


आजबाट मकवानपुरमा वातावरण सप्ताह

हेटौँडा, १६ जेष्ठ/आज सोमबारबाट हेटौँडामा पनि ४४ औँ विश्व वातावरण दिवस सप्ताह सुरु हुँदैछ ।
जुन ५ अर्थात यहि जेठ २३ गते पर्ने विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । आजदेखि २३ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी वातावरण दिवस मनाउन लागिउको हो । 
आज वृहत रक्तदान गरी वातावरण दिवश सप्ताह सुरु गरिने भएको छ । यस्तै १८ गते मङ्गलबार सेनेटरी पार्क राप्ती किनारमा वृक्षरोपण, १९ गते सम्बन्धित टोल विकास संस्था तथा संयुक्त वडा कार्यालयको आयोजनामा आआफ्नो टोल विकास क्षेत्र र संयुक्त वडा क्षेत्रमा विशेष सरसफाई कार्यक्रम हुनेछ भने २० गते नगरपालिकाको हलमा जलवायु परिवर्तन प्रभाव सम्बन्धि अन्तरक्रिया गोष्ठी हुने छ ।  
यस्तै २१ गते हेटौँडाको बुद्धचोकमा वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धि लोकगीत प्रतियोगिता गर्ने, २२ गते रानी सामुदायिक वन उपभोक्ता समिति चौघडामा अन्तर मावि वक्तृत्वकला प्रतियोगिता र २३ गते हेटौँडालाई वातावरणमैत्री नमूनाटोल निर्माण अभियान घोषणासभा तथा वातावरण नागरिक प्रदर्शन सहित विविध कार्यक्रमका बीच सप्ताहव्यापी कार्यक्रम समापन गरिने आइतबार पत्रकार सम्मेनको आयोजना गरी जानकारी दिइएको छ । वातावरण दिवश मुल आयोजक समिति संयोजक इश्वर ढुङ्गानाले साताव्यापी कार्यक्रमको बिषयमा जानकारी गराएका हुन् । हेटौँडाउपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलले हेटौँडा सफा नगरको रुपमा परिचित रहेको भन्दै यो शाखलाई जोगाउन सबैको सहयोग आवश्यक रहेको बताए । 
वातावरणमैत्री नगर बनाउनको निम्ति घर, टोल र वडा वातावरणमैत्री हुनुपर्नेमा उनले जोड दिए । 

वातावरण दिवसको खर्च घट्यो 
हेटौँडा/वातावरण दिवसको नाममा आयोजना गरिने विभिन्न कार्यक्रमको लागि भन्दै प्रस्तावित गरिएको रकम बिरोध पश्चात घटाइएको छ । 
यसअघि नौलाख २० हजार रुपैँया खर्च हुने भनिएपनि अहिले साताव्यापी कार्यक्रमको लागि ६ लाख रुपैँया खर्च हुने बताइएको छ । आइतबार भएको पत्रकार सम्मेलनमा खर्चको बिषयमा समेत जानकारी गराउँदै खर्च कटौती गरिएको जानकारी दिइएको हो । सञ्चार माध्यममा वातावरण दिवसको नाममा बढि खर्च गर्न लागेको भन्दै बिरोध भएपश्चात आयोजकले करिब साँढे ३ लाख रुपैँया खर्च कटाएको छ । 
रक्तदानको लागि २० हजार, वृक्षरोपणका लागि २५ हजार, जलवायु परिवर्तन प्रभाव सम्बन्धि अन्तरक्रियाका लागि २० हजार, सरसफाईको लागि २५ हजार खर्च हुने बताइएको छ । यस्तै लोकगीत प्रतियोगिताको लागि ७० हजार, वक्तृत्वकलाको लागि २० हजार र समापन कार्यक्रमको लागि ३ लाख रुपैँया खर्च लाग्ने मुल समारोह समिति संयोजक ईश्वर ढुङ्गानाले जानकारी दिए । उनको अनुसार यी सबै खर्च जोड्दा ४ लाख ८० हजार रुपैँया मात्र खर्च हुनेछ । तैपनि उनले ६ लाख रुपैँया खर्च हुने बताएका छन् । 


Powered by Blogger.