Header Ads


५२ जनाले गरे रक्तदान

हेटौँडा, १७ जेष्ठ/४४ औँ विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार हेटौँडामा रक्तदान भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र थानाभ¥याङले संयोजन गरेको रक्तदानमा ५२ जनाले रक्तदान गरेका छन् । 
वातावरण दिवस मुल आयोजक समिति संयोजक ईश्वर ढुङ्गानाको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । रक्तदान कार्यक्रमको उद्घाटनमा मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, जिल्ला विकास समिति मकवानपुरका बरिष्ठ सामाजिक विकास अधिकृत रामकृष्ण थापा, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाईं, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन केन्द्रीय अध्यक्ष हिम शर्मा पौडेल, सामुदायिक सेवा केन्द्र थानाभ¥याङका उपाध्यक्ष शालिकराम पुडासैनी, रेडक्रस सोसाइटी मकवानपुरका अध्यक्ष सूर्यचन्द्र न्यौपाने, संयुक्त वडा कार्यालयका हटियाका प्रमुख ध्रुव भुजेल, हेटौँडा उपमहानगरपालिका कार्यालयका वातावरण महाशाखा अधिकृत भोजमान श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । जुन ५ अर्थात यहि जेठ २३ गते पर्ने विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाइंदैछ ।  
साताव्यापी कार्यक्रम अन्तर्गत आज मङ्गलबार सेनेटरी पार्क राप्ती किनारमा वृक्षरोपण, १९ गते सम्बन्धित टोल विकास संस्था तथा संयुक्त वडा कार्यालयको आयोजनामा आआफ्नो टोल विकास क्षेत्र र संयुक्त वडा क्षेत्रमा विशेष सरसफाई कार्यक्रम हुनेछ भने २० गते नगरपालिकाको हलमा जलवायु परिवर्तन प्रभाव सम्बन्धि अन्तरक्रिया गोष्ठी हुने छ ।  
यस्तै २१ गते हेटौँडाको बुद्धचोकमा वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धि लोकगीत प्रतियोगिता गर्ने, २२ गते रानी सामुदायिक वन उपभोक्ता समिति चौघडामा अन्तर मावि वक्तृत्वकला प्रतियोगिता र २३ गते हेटौँडालाई वातावरणमैत्री नमूनाटोल निर्माण अभियान घोषणासभा तथा वातावरण नागरिक प्रदर्शन सहित विविध कार्यक्रम हुनेछ । 
Powered by Blogger.