एम्नेष्टीको स्थापना दिवसमा दीप प्रज्वलन
हेटौँडा, १४ जेष्ठ/एम्नेष्टी इनटरनेशनलको ५५ औँ स्थापना दिवस मकवानपुरमा पनि मनाइएको छ ।
स्थापना दिव मे २८ को पूर्वसन्ध्यामा एम्नेष्टी इनटरनेशनल समूह ६७ हेटौँडाले दीप प्रज्वलन, ¥याली तथा नेपालमा दण्डहिनताको अवस्था बिषयक कार्यपत्र प्रश्तुत गरेको छ । शुक्रबार साँझ हेटौँडामा दीप प्रज्वलन गरेको हो ।
सुमार्गी कम्प्लेक्सचोकबाट निस्केको ब्यानरसहितको ¥यालीले मकवानपुर उद्योग वाणिज्य संघचोकमा पुगेर दीप प्रज्वलन गरेको हो । मउवा संघ चोकमा ५५ वटा मैनबत्ति बालिएको थियो । एम्नेष्टी इनटरनेशनल समूह ६७ हेटौँडाका संयोजक हयग्रीव आचार्यले नेपालमा दण्डहिनताको अवस्था बिषयक कार्यपत्रबारे जानकारी गराएका थिए । यस्तै उपसंयोजक विजय बैद्यले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा एम्नेष्टी सदस्य, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधीको उपस्थिती रहेको समूहका सचिव हेमन्त ढुंगेलले जानकारी दिए ।

