Header Ads


सकियो रेडियो प्राविधिक तालिम

हेटौँडा, १० जेष्ठ/नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा हेटौँडामा सञ्चालन भएको तीनदिने 
रेडियो प्राविधिक तालिम सकिएको छ ।
 रेडियोमा कार्यरत प्राविधिकलाई दक्ष बनाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा मकवानपुरका ११ वटा रेडियोका २२ जनाको सहभागिता रहेको थियो । सोमबार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो । तालिमअवधिभर सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का इन्जिनियर रादीप महर्जन, रेडियो सगरमाथाका प्रमुख प्राविधिक समन्त आचार्य, सोडेक नेपालका निर्देशक प्रकाश घिमिरे, प्राधिकरकहरु दर्शन क्षेत्री, प्रकाश दाहाललगायतले सहजीकरण गरेका थिए । 
हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको प्रमुख आतिथ्य एवम् पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा तालिम समापन गरिएको हो ।  समापनको क्रममा पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु कौशल पाण्डे, नवराज शर्मा, प्रताप बिष्ट, राममणि दाहाल, भानुभक्त आचार्यलगायतले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै उत्कृष्ट कार्यकौशलता प्रश्तुत गर्न सहभागीलाई अनुरोध गरे । सीप भएका व्यक्ति बेरोजगार बस्नु नपर्ने भन्दै अतिथिहरुले संवेदनशिल भएर आफ्नो भूमिका निर्वाह गर्न सहभागीलाई सुझाव दिएका थिए । 
सहभागीको तर्फबाट चन्द्र घलान र संगिता उप्रेतीले सिकाइ उपलब्धीको बिषयमा मन्तव्य व्यक्त गरेका थिए । हेटौँडा उपमहानगरपालिका, जिल्ला विकास समिति मकवानपुर र सोडेक नेपालको सहयोगमा तालिम आयोजना गरिएको पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगरले जानकारी 
दिए ।
Powered by Blogger.