Header Ads


जिल्ला शिक्षा कार्यालयलाई सोलार बत्ती सहयोग

हेटौंडा, ३१ बैशाख/ संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) मकवानपुरले जिल्ला शिक्षा कार्यालय मकवानपुरलाई २५ हजार रुपैयाँ बराबरको ‘५५ वार्ट’को सोलार बत्ती सहयोग गरेको छ । 
शुक्रबार इस्टुले सोलार बत्ती हस्तान्तरण कार्यक्रमको आयोजना गरी उक्त सोलार कार्यालयका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरित सोलार प्यानलबाट ८ वटासम्म बत्ती बाल्न सकिने संस्थाका सचिव सिएम रिमालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी आचार्यले प्रकाश, बत्ति र उज्यालो भनेको प्रगतिको संकेत रहेको औल्याएका थिए । राज्यको नीति, नियम पारदर्शिता बनाउनको निम्ति सोलारबत्तीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । कार्यक्रममा इस्टु मकवानपुरका केन्द्रिय सदस्य दिपक गौतमले पेशागत शिक्षकहरुको हकहित र अधिकारको निम्ति संस्था सदैव लागि परेको बताए । 
त्यसैगरी संस्था समस्या समाधान समितिका संयोजक एस के निधनले पेशागत कार्यको निम्ति जिल्ला शिक्षा कार्यालयले खासै महत्व दिन नसकेको तर्क प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुदिप वर्तौलाले मकवानपुर जिल्लामा लोडसेडि·को समस्याले एसएलसी परिक्षाको कपी जाँच्नमा कठिनाइ भएकोले सोलार बत्ती गरेको बताए। संस्थागत विद्यालय शिक्षक युनियन मकवानपुरका अध्यक्ष वर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा इस्टुका केन्द्रिय सदस्य श्यामबहादुर छतकुली, करुणा थापा, अञ्जली रिजाल, सहायक जिल्ला शिक्षा अधिकारी होमनाथ शर्मा लगायतको आतिथ्यता रहेको थियो ।       
Powered by Blogger.