२१ जनाले गरे रक्तदान
हेटौँडा, ९ जेष्ठ/हेटौँडामा रगतको अभाव भएको भन्दै मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघको आयोजनामा आइतबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ ।
आइतबार हेटौँडामा भएको रक्तदानमा २१ जनाले रक्तदान गरेका छन् । ब्लड बैंकमा रगतको कमी भएकोले फर्निचर व्यवसायीहरुको पहलमा रक्तदान कार्यक्रमको आयोजना गरेको फर्निचर संघ मकवानपुरका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए । संघका अध्यक्ष ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्य अनिल अग्रवाल, फर्निचर संघका रामप्रसाद न्यौपानेलगायतको आतिथ्यता रहेको
थियो ।
