Header Ads


पदमपोखरी तरुणमा पोखरेलको नेतृत्व

हेटौँडा, ९ जेष्ठ/नेपाली काँग्रेसको युवा दस्ता नेपाल तरूण दल मकवानपुरको जिल्ला सम्मेलन तथा हेटौँडा नगर सम्मेलन नजिकिएसंगै विभिन्न गाविस तथा वडाहरुमा भेला र सम्मेलनले तीव्रता पाउन थालेको छ । 
यसै सन्दर्भमा तरुण दल हेटौंडा–१२ नम्बर वडा अध्यक्षमा कुमार पोखरेल चयन भएका छन् । आइतबार भएको वडा भेलाले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मोहनसिं वल, सचिवमा सूर्यबहादुर बल, कोषाध्यक्षमा निर्मला विक र सदस्यहरुमा अन्जनसिं पाख्रिन, राजेन्द्र तिवारी, कर्णबहादुर बल, पोइमा थोकर, संगिता बल, भोजराज न्यौपानेलगायतलाई चयन गरेको छ । वडा सभापति 
सिताराम पाख्रिनको अध्यक्षतामा भएको भेलमा तरुण दल जिल्ला सदस्य अर्जुनप्रसाद तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।

५ नम्बरबाट प्रतिनिधी छनौट
हेटौँडा, ९ जेष्ठ/तरुण दलको नजिकिँदै गरेको नगर, क्षेत्र र जिल्ला सम्मेलनका लागि उम्मेदवारहरु दौडधुपमा व्यस्त रहेका छन् । 
यहि जेठ १२ गते हेटौँडा नगर सम्मेलन, २० गते चारै क्षेत्रको सम्मेलन र २५ गते जिल्ला सम्मेलन हुँदैछ । अहिले उम्मेदवारहरु आफ्नो पक्षमा माहौल बनाउन र भोट माग्नमा व्यस्त रहेको अवस्था छ । यस्तैमा विभिन्न वडा तथा गाविसबाट प्रतिनिधी छनौट हुने क्रम पनि तीव्र रुपमा भैरहेको छ । हेटौँडा–५ नम्बर वडाबाट नगर सम्मेलन र जिल्ला सम्मेलनको लागि प्रतिनिधी छनौट भएका छन् । नगरका लागि सुनिल गिरी र डोल्मा स्याङ्बो तथा जिल्ला सम्मेलनको लागि हेमन्तकुमार थापा र आदेश लामा चयन भएको बताइएको छ । 
Powered by Blogger.