Header Ads


टोल विकास समन्वय समिति ६ नम्बरमा विवाद

हेटौँडा, २९ बैशाख/नेकपा एमालेले विधि र प्रक्रिया मिचेर एकलौटी ढङ्गले अघि बढेको भन्दै टोल विकास समन्वय समिति हेटौँडा–६ नम्बर वडाको भेला नेपाली काँग्रेस, एकीकृत नेकपा माओवादी र राप्रपा नेपालले बहिष्कार गरेको  छ ।
एमालेका नेताहरु एकलौटी ढङ्गले अघि बढेको भन्दै यी तीनदलसहित ५० प्रतिशत भन्दा बढि मतदाना एवम् प्रतिनिधीले बहिष्कार गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ । काँग्रेस वडा सभापति रामहरि तिमल्सिना, एमाओवादी वडा अध्यक्ष श्रीराम पुडासैनी र राप्रपा नेपालका वडा अध्यक्ष केदार
राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा
नगरपालिकाबाट कार्यक्रममा अतिथि बन्न पुगेका हिम शर्मा पौडेल र ६ नम्बर वडा सचिव केशव बोहोराले समेत बलमिच्याईं ढङ्गबाट निर्वाचन गरेको उल्लेख छ ।
‘एमालेका प्रतिनिधी र कार्यक्रमका अतिथि हिम शर्मा पौडेल तथा वडा सचिव केशव बोहोराको बल मिच्याईं एवम् कथित निर्वाचन प्रक्रियाद्धारा गरिएको निर्वाचनको नाटक मञ्चनको हामी तीन राजनीतिक दल भत्सर्ना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । राजनीतिक दलका नेताहरुले यस कार्यलाई तत्काल सच्याइ नयाँ निर्वाचन तालिका तत्काल प्रकाशित गर्नका लागि अनुरोध समेत गरेका छन् ।
कार्यक्रमको उद्घाटन शत्रमा दलीय प्रतिनिधीको रुपमा समेत नेकपा एमालेका नेतालाई मात्र बोलाइएको काँग्रेस सभापति रामहरि तिमल्सिनाको भनाई छ । यता अर्को पक्षले भने टोल विकास संस्था नगर समन्वय समिति हेटौडा ६ को अध्यक्षमा गणेशबहादुर दुलाल निर्वाचित भएको बताएको छ । दुलालले ३४ मत ल्याउँदै विजयी भएको उनका निकटतम प्रतिद्वन्दी कृष्णप्रसाद दाहालले चार मत प्राप्त
गरेको बताइएको छ ।
यता अध्यक्षका प्रत्यासी कृष्णप्रसाद दाहालले भने आफू निर्वाचन प्रक्रियामा नै सहभागी नभएको बताएका छन् । ‘म आफू अध्यक्ष पदमा उम्मेदवारी दिएको भएपनि म संग कुनै सल्लाह नै नगरी विधी प्रक्रियालाई नाघेर ५० प्रतिशत भन्दा बढि मतदाताले आज मतदान
नगरौँ भोली मतदान गरौँला भनि बाहिरिएको अवस्थामा मतदानको सुरु समय र अन्त्य समय समेत नबनाइ एकलौटी ढङ्गबाट गरिएको निर्णयको बिरोध
गरेको हुँ’, दाहालले भने । उनले निर्वाचन तालिका प्रकाश गरी जानकारी पाउँ भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
Powered by Blogger.