Header Ads


स्पर्श मकवानपुर परियोजना सुरु

हेटौँडा, ३० जेष्ठ/नेपाल जनस्वास्थ्य प्रतिष्ठानको प्रोजेक्ट होपको सहयोगमा आइतबार एक कार्यक्रमको आयोजना गरी स्पर्श मकवानपुर परियोजना उद्घाटन गरिएको छ । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले आइतबार परियोजनाको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विकले मकवानपुर जिल्लामा स्वास्थ्य क्षेत्रले फड्को मार्न नसकेको 
बताए । स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी विरलै भेटिने बताउँदै विकले भने, ‘परियोजनाले मकवानपुर जिल्लामा रहेका विपन्न तथा पिछडिएको चेपाङ जातिहरुलाई सेवा र सूचना प्रदान गरिने भएकोले छनौटको उपयुक्त ठाउँ भएको बताए । स्वास्थ्य सेवा र सूचनामा पहुँच वृद्धि गरी मातृ, नवजात तथा बालबालिकाको स्वास्थ्य अवस्थाको उन्नती गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको प्रतिष्ठानका अध्यक्ष डा.महेश मास्केले बताए । २ वर्ष अवधि रहेको परियोजनाले मकवानपुर जिल्लामा रहेको राक्सिराङ, खैराङ, काँकडा, सरिखेत र भार्ता गाविसमा रहेका विपन्न तथा पिछडिएका चेपाङ जातीलाई लक्षित गरी कार्य गरिने मास्केको भनाई छ । परियोजनाले गाविस स्तरमा विद्यालय कार्यक्रम, स्वास्थ्य आमा समूहहरुका सुदृढिकरण, संस्थागत सुत्केरी तथा नियमित खोप कार्यक्रम, वातावरणीय तथा व्यक्तिगत सरसफाई, सुरक्षित खानेपानी सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने क्रियाकलाप रहेको मास्केको भनाई रहेको छ । 
मास्केको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिका शर्मा, जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दिपक तिवारी, गैसस महासंघका दीपक पाठक, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मीरा चौधरीलगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.