प्रहरीको स्कूल सम्पर्क कार्यक्रम मोडर्न र बालज्योतिमा
हेटौँडा, ३० जेष्ठ/पछिल्लो समय युवाहरु लागूऔषध दुव्र्यसनीमा परिरहेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले यस बिषयमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यका साथ स्कूल सम्पर्क कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।
यसै अभियानका क्रममा हेटौडा–९ मा रहेको मोर्डेन मावि र हेटौँडा–५ मा रहेको बालज्योती माविका विद्यार्थीलाई लागूऔषध दुव्र्यसन, यसका असरलगायतका बिषयमा प्रहरीले जानकारी गराएको छ । दुवै स्कूलका कक्षा ९ र १० मा अध्ययनरत बालबालिकालाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्चार्ज प्रहरी निरीक्षक सुरक्ष केसी र वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक हरि ओझाले लागूऔषध दुव्र्यसन, यसले मानिसको जीवन तथा समाजमा पार्ने असर, विद्युतिय अपराध (साइबर क्राइम), ट्राफिक सचेतना र घरेलु हिंसालगायतका बिषयमा जानकारी गराएका थिए ।
