Header Ads


मकवानपुरमा बढ्दै लागूऔषध कारोबार

हेटौँडा, ३० जेष्ठ/पछिल्लो केही बर्ष यता मकवानपुरमा लागूऔषध कारोबारीको सङ्ख्यामा बृद्वि हुँदै गएको पाइएको छ । 
जिल्ला अदालत मकवानपुरको पछिल्लो तीन बर्षको तथ्यांक केलाउँदा लागूऔषध कारोबारीको संख्या बढ्दो अवस्थामा रहेको देखिएको हो । आर्थिक बर्ष २०७०/०७१ मा लागूऔषध कारोबारमा ७९ मुद्दा परेकोमा २०७१/०७२ मा ८१ वटा मुद्दा परेको थियो । 
यस्तै २०७२/०७३ मा एकसय १२ वटा मुद्दा परेको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार लागूऔषध मुद्दामा क्षत्री÷ब्राम्हण समुदायका भन्दा आदिवासी जनजाती समुदायका व्यक्तिहरुको बढि संलग्नता रहेको पाइएको छ । आर्थिक बर्ष २०७०/०७१ मा क्षत्री÷ब्राम्हण समुदायका २३ जना, जनजाती समुदायका ३२ जना, दलित समुदायका ५ जना, मधेशी समुदायका १३ जना र महिला ६ जना रहेको देखिएको छ भने २०७१÷०७२ मा क्षत्री÷ब्राम्हण समुदायका १८ जना, जनजाती ३८ जना, दलित ८, मधेशी ११ र ५ जना महिला रहेका छन् । 
यस्तै २०७२÷०७३ को लागूऔषध मुद्दामा ब्राम्हण/क्षत्री समुदायका ५६ जना, जनजाती समुदायको ७३ जना, दलित १६, मधेशी १७ र महिला पनि १७ जना रहेको तथ्यांकमा उल्लेख छ । जिल्ला न्यायाधिश कृष्णराम कोइरालाले यस आर्थिक बर्षको चालु अवस्थामा एकसय १२ मुद्दा दर्ता भएकोमा एकसय ८९ प्रतिवादी संख्या 
रहेको जानकारी दिए । यस्तै नाबालक मात्र भएको गाँजा मुद्दा एउटा, बालकसहितको गाँजा मुद्दा तीन, फैसला भैसकेको मुद्दा ८७ र बाँकी मुद्दा २५ रहेको उनको भनाई छ । मुद्दाको प्रकृति र त्यसमा संलग्न रहेका व्यक्तिको आधारमा मकवानपुरमा गाँजा चरेशबाट मनहरी, बज्रबाराही, फाखेल, नामटार, पदमपोखरी लगायतका क्षेत्र बढि प्रभावित रहेको उनको भनाई छ । मुद्दामा परेका व्यक्तिहरु कारोबारीको रुपमा, भरियाको रुपमा र सेवनकर्ताको रुपमा रहेको उनको भनाई छ । यसबाट कानुनको उल्लंघन हुनुका साथै स्वास्थ्यमा गम्भिर हानी पु¥याउने, मानवीय क्षती, समाजको विखण्डन र अराजक गतिविधीको बृद्धि भएको न्यौपानेको भनाई छ । 
लागूऔषध उत्पादन एवम् कारोबारको क्षेत्रमा नाम बद्मान गराउँदै आएको मकवानपुरमा पछिल्लो समय लागूऔषध कारोबारमा यहाँका मानिस संलग्न हुँदै आएका छन् । मकवानपुरलाई लागूऔषधको ट्रान्जिट प्वाइन्टको रुपमा लिइने गरेको छ । 
Powered by Blogger.