समाजिक संस्कर सेवा समितिमा लामाको नेतृत्व
हेटौँडा, २२ जेष्ठ/सामाजिक संस्कार सेवा समिति कर्राको अध्यक्षमा पुन ः अमरबहादुर लामा चयन भएका छन् ।
समितिको शनिबार भएको १९ औ वार्षिक साधारणसभाले लामाकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष रामकृष्ण थापा, सचिव विमल श्रेष्ठ ‘टोनी’, कोषाध्यक्ष रामप्रसाद विडारी, तथा सदस्यहरुमा अर्जुनप्रसाद पोखरेल, जंगबहादुर विश्वकर्मा, गोपाल कार्की, हरि भट्टराई, कृष्णबहादुर राई,
रामशरण आचार्य, निरज काफ्ले र कृष्ण ढुगांना रहेका छन् ।
भेलाले पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । अध्यक्ष अमरबहादुर लामाको अध्यक्षतामा भएको साधारणसभाले कर्रा टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्ता श्रेष्ठ, विश्व हिन्दु महासंघका मकवानपुर अध्यक्ष रामप्रसाद सुवेदी, श्रमिक टोल विकास संस्थाका अध्यक्ष श्यामप्रसाद पाठक, श्रमिक मावि व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रलाल रिजाल, वडा प्रहरी कार्यालयका निरीक्षक हरि ओझालगायतको आतिथ्यता थियो ।
समिति उपाध्यक्ष रामकृष्ण थापाले स्वागत गरेको कार्यक्रममा प्रगति प्रतिवेदन सचिव विमल ‘टोनी’ले र आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष रामप्रसाद विडारीले प्रस्तुत गरेका थिए । कार्यक्रममा सदस्यहरुको छोराछोरीमध्येबाट एसएलसीमा सर्वोत्कष्ट अंक प्राप्त गर्ने उज्ज्वल गौतमलाई सम्मान पत्र वितरण गरिएको थियो । यस्तै दानपात्रमा सबैभन्दा बढी रकम दिनेहरुमध्येबाट सदस्य पुरुषोत्तम बस्नेतलाई सम्मान गरिएको थियो ।
भेलाले २०७४ साल बैशाखदेखि लागू हुनेगरी वार्षिक नवीकरण शुल्क दुईसय रुपियाँबाट बढाएर तीनसय रुपियाँ र मृतक परिवारलाई आर्थिक सहयोग पाँचहजार रुपियाँबाट सातहजार रुपियाँ पु¥याउने निर्णय गरिएको थियो ।
