जलवायु परिवर्तन सम्बन्धि अन्तरक्रिया
हेटौँडा, २० जेष्ठ/विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार हेटौँडामा जलवायु परिवर्तन र असर बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
४४ औं विश्व वातावरण दिवस मुल आयोजक समितिको आयोजनामा भएको कार्यक्रममा जलवायु परिवर्तन र यसले पारेको असरको बिषयमा कार्यक्रमका सहभागीलाई जानकारी गराइएको थियो ।
हेटौंडा उपमहानगरपालिकामा भएको कार्यक्रममा जलवायु परिवर्तन प्रभाव अनुकुलनका लागि स्थानीय प्रयास समूहका कृष्ण सापकोटा, रञ्जिता डँगोल, सदस्य बोलबहादुर कार्की र नारी सीप सृजना केन्द्रका फोकल पर्र्सन गीता अर्यालले विश्वमा बढ्दै गएको जलवायु परिवर्तन, यसको प्रभाव र बिपद व्यवस्थापनका कार्यहरुको बिषयमा कार्यपत्र प्रस्तु्त गरेका थिए । वातावरण दिवस मुल समारोह समितिका संयोजक इश्वर ढुङ्गानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटनमा हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल, शहरी विकास अनुसन्धान तथा वातावरण महाशखा प्रमुख बीके महर्जन, गैसस महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा टोल विकास नगर समन्वय समितिका सदस्य, टोल विकास संस्थाका प्रतिनिधीलगायतको सहभागिता रहेको थियो ।
