Header Ads


तरुणले ग¥यो फरेष्ट्रीमा वृक्षारोपण

हेटौँडा, १४ असार/नेपाली काँग्रेसको युवा दस्ता नेपाल तरुण दल मकवानपुरले हेटौँडाको कृषि तथा वन विश्वविद्यालय (फरेष्ट्री) क्याम्पसको खुल्ला चौरमा वृक्षारोपण गरेको छ । 
मकवानपुरमा नयाँ कार्यसमिति चयन भएको केही दिन मात्र भएको अवस्थामा तरुणले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । ‘आज (मङ्गलबार) मेरो जन्मदिन पनि परेको र तरुण दलको पहिलो जिल्ला बैठकले वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरे बमोजिम वृक्षारोपण कार्यक्रम आयोजना गरेका हौँ’, अध्यक्ष ईश्वर पाठकले भने, ‘तरुण दलको नयाँ कार्यक्रमको सुरुवाती मात्रै हो । सामाजिक एवम् नमुनालायक कामलाई हामी निरन्तरता दिनेछौँ ।’ फरेष्ट्री चौरको दायाँबायाँको खाली जग्गामा हर्रो, निम, अमला, बेलसंगै लोपहुने अवस्थामा पुगेको सतिसाल र विजयसाल रोपिएको तरुण दल मकवानपुर सचिव सचित थापाले जानकारी दिए ।  काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, वर्तमान सचिव बुद्व लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, तरुण नगर सभापति सञ्जय श्रेष्ठ, नगर अध्यक्ष सुनिल गिरी, वनविज्ञान अध्ययन संस्थानका कार्यक्रम प्रमुख युसुफ अन्सारी, नेवि संघ फरेष्ट्री क्याम्पस सभापति विनयकुमार झा लगायतको उपस्थिती रहेको थियो । 
Powered by Blogger.