लामाले चलाइन विस्तारै स्कुटी
हेटौँडा, १४ असार/हेटौँडा लेडी जेसीजको यस बर्षको जेसीज सप्ताह कार्यक्रम मंगलबारबाट सुरु भएको
छ ।
छ ।
महिलाहरुको लागि स्लो स्कुटी रेस प्रतियोगिताको आयोजना गरी लेडी जेसीजले जेसीज सप्ताह सुरु गरेको हो । मंगलबार बिहान हेटौँडाको सीमाचोक देखि बुद्वचोकसम्म भएको प्रतियोगिताको जुनु लामा प्रथम भइन् । २९ जना प्रतिस्पर्धीलाई उछिन्दै लामाले प्रथम स्थान हाँसिल गरेकी हुन् । प्रतियोगितामा सृष्टि कार्की द्वितीय, हेलिमा शेख तृतीय र रेजिना लामाले सान्त्वना स्थान हाँसिल गरिन् । विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गल्फ लुब्रिकेण्ट्सका बरिष्ठ अधिकृत हरिमणि त्रिताल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अशोक कोइराला र हेटौँडा लेडी जेसीज अध्यक्ष शोभा खरेलले पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरेका हुन् । ट्राफिक नियम पालनाको बिषयमा जानकारी गराउँदै मोटरसाइकल तथा स्कुटर विस्तारै चलाएर पनि गन्तव्यमा पुग्न सकिन्छ भन्ने चेतना फैलाउनको निम्ति स्लो स्कुटी रेसको आयोजना गरिएको अध्यक्ष खरेलको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि गल्फ लुब्रिकेण्ट्सका बरिष्ठ अधिकृत त्रितालले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै आवश्यक सहयोग गर्न तत्पर रहेको बताए । नेपाल जेसीजका उपाध्यक्ष कोइरालाले जेसीजले सामाजिक कार्यमा पनि उत्तिकै सहयोग गरिरहेको बताउँदै स्लो स्कुटी रेस नयाँ कार्यक्रम भएको दावी गरे । कार्यक्रम संयोजक अस्मिता श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा मूल कार्यक्रम संयोजक सोफिया फागोले सप्ताहव्यापी कार्यक्रमको बिषयमा जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा जेसीजका विभिन्न शाखाका पूर्व अध्यक्ष तथा वर्तमान पदाधिकारीको उपस्थिती रहेको थियो ।
जेसीजद्वारा विमा सचेतना कार्यक्रम
हेटौँडा÷हेटौँडा लेडी जेसीजको जेसीज सप्ताह–२०१६ अन्तर्गत मंगलबार दिउँसो जीवन विमा सचेतना कार्यक्रम भएको छ ।
जीवन विमाको सन्दर्भमा जानकारी गराउने उद्देश्यसका साथ आयोजित कार्यक्रममा एलआइसी नेपालका मार्केटिङ अफिसर टिकामान परियारले जीवन विमाको महत्व र आवश्यकताको बिषयमा जानकारी गराएका थिए । लेडी जेसीज अध्यक्ष शोभा खरेलको अध्यक्षता एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष
राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले विमाको बिषयमा जनमानसमा केही गलत धारणा रहेको भन्दै त्यसलाई चिर्नु आवश्यक रहेकोमा जोड दिए । विमाले सुरक्षित भविष्यको निम्ति सघाउ पु¥याउने उनको भनाई रहेको थियो ।
हेटौँडा लेडी जेसीजको रचनात्मक कार्यक्रमको लागि मकवानपुर उद्योग वाणिज्य संघ हातेमालो गर्न तयार रहेको बताउँदै अध्यक्ष न्यौपानेले नेतृत्व विकासमा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रम संयोजक सपना कँडेलेको संयोजकत्वमा भएको कार्यक्रममा लेडी जेसीजका कार्यकारीणी उपाध्यक्ष एवम् मूल कार्यक्रम संयोजक सोफिया फागोले स्वागत गर्दै सप्ताहव्यापी कार्यक्रमको बिषयमा जानकारी गराएकी थिइन् ।

